टक पटक,
म  चहान्थें  तिम्रो अनुराग कोर्न ।
तिम्रो सक्षमता
र बिपुलतालाई
परिभासित गर्न ।
उत्कर्ष तिम्रो परेलामा ।
बिभुति तिम्रो अोठहरुमा ।
प्रभुत्व तिम्रो छातिमा ।
म कसरि कोर्न सक्थें ।
तिम्रो बिस्तार महत्ता लाई
सिमित काजगहरुमा ।
यसकारण,
तिमिलाई खाममा अटाउन सकिन ।
क्षमा गर,
तिम्रो महत्वलाई
सितिमिति लेख्न जानिन ।

तिमिलाई अोढाउन

प्रत्येक साँझको,
गोधुँलि टिप्दै ।
ठिक्क पारेको छु उत्कृष्ट पुलिन्दा ।
म चहान्छु तिम्रो श्रेष्ठता रच्न
तिमिलाई आकर्षण दृष्टान्त बनाउन
शब्दकोशबाट केहि मंजुल शब्द छानेको छु ।
तर म कसरि सक्थें
तिम्रो अाँचलको गहनतालाई
तिम्रो अाँखाको चातुर्यतालाई
तिम्रो अावाजको चलाखिलाई
तिम्रो अंकमालको हार्दिकतालाई लेख्न
केहि निकम्मा काजहरुमा ।
तिम्रो अगाधता लाई,
डेकोरेट गर्न ।
शहरमा नामि अाउटलेटहरु खुलेका छन् ।
जहाँ थरिथरिका कलमहरु, मसिहरु
र काजगहरु भेटिन्छन् ।
मैले अाफैलाई धितो राखेर
मो ब्लाँ किनेको छु ।
सुनेको छु,
जसले सुन्दर अक्षरहरु लेख्छन् ।
जसले महान काब्यहरु लेख्छन् ।
म अाज बक्यौता तिर्खा मेट्न चहान्छु ।
खर्चिलो कबिता उपहार दिएर ।