THERE were four of us - George, and William Samuel Harris, and myself,
and Montmorency. We were sitting in my room, smoking, and talking about
how bad we were - bad from a medical point of view I mean, of course.

उसको कोठाको झ्याल उत्तर तिर फर्किएको थियो । त्यसैले पनि त्यहाँ घाम छिर्दैन । उसको बाबु कुखुरालाई दाना हाल्दै थियो । मकै र सुकेका पाउरोटिका टुक्राहरु । ति पाउरोटिका टुक्राहरु उसले हिजो पिठ्युँमा बोकेर ल्याएकि थिई । अमिलो गन्हाउने ति धुलो लाई पानिमा मिसाएर सुङ्गुरलाई खुवाईन्छ । घाम नछिर्ने हुनाले उसको कोठा पनि अोसिलो हुन्छ, हरबखत । डस्नामा ढुसि परे जस्तो अमिल्सो गन्हाउँछ । तर उ सुग्घरि छे । उसको बाबु गरिब छ । कुखुरा र सुङ्गुर पाल्छ । उ कुखुरालाई दाना हाल्दा गित गुनगुनाउँछे ।

 का न्हि मैचा मंसिर महिनासँ,
चुरा व सचिका ज्वना
का वय् त्यल न्हा
का वय् त्यल न्हा

वा दाईचा मंसिर महिनासँ,
जिगु थ्व ब्‌छि जोबन
छंगु लागि न्हा
छंगु लागि न्हा


दक्षिण पट्टिको झ्यालमा घाम ताप्दै उ केहि पढ्दै थिई । THERE were four of us - म लिस्नु चडेर उसको झ्यालमा उक्लिन्थें । म उसलाई प्रेम गर्थे । उ भन्थि उ आत्मकथा लेख्छे । गरिबहरुको आत्मकथा पढ्न शहरमा घुँईचो लाग्छ । उ एन्जेलो, दान्तिक्याट बाट प्रभाबित थिई । उ भन्थी -
'आलेख तिमिलाई म मेरो आत्मकथाको पारलौकिक पात्र बनाउँछु ।'

म त्यस दिन लाई बिर्सन सक्दिन । बिहान सम्म त्यो बास्ना कायमै थियो उसको कोठामा । अनिताको कोठाको ठिक तल सुङ्गुरको खोर थियो । उसको कपाल बाट भटमासको तेलको बास्ना अाईरहेको थियो । राति बालेको लामखुट्टे धपाउने धुपको राग अझै बाँकि थियो ।
ईन्द्र जात्राको अघिल्लो दिन । उसको बाबु घरबाट बिहानै निस्किएको थियो । केहि सहपाठि संग चोकको पाटिमा जाँड खाँदै भजन गाईरहेको थियो । अनिता बेला बेला संग संगै त्यहि भजन गुनगुनाई रहेकि थिई । मैले अनिता संग बिताएको रात त्यहि थियो ।
बिहान उसले निन्द्राकै बोलिमा भनि - 'जाउ बा अाउने बेला भयो ।'

म त्यहि लिस्नु बाट तल झर्दै गर्दा अनिताले भनि ।
'अालेख म भोलि बाटै अात्मकथा सुरु गर्छु ।' त्यति भनेर उसले निस्वास फालि  मानौ उ सभाना बाट जिउँदि बाँचरे फर्किएकि होस् ।

जम्मामा: म उसको आत्मकथा पर्खिदैं छु । अनिताको आत्मकथा ।