तिमिलाई संझिन्छु । संगेल्छु । अाफु सम्हालिन्छु । 
म तिमिलाई दाँज्छु । समयको स्नेहमा ।
म तिम्रै हिस्सा हुँ । म तिम्रै काया हुँ ।
तिर्खाएको छु । प्यास बुझाउन ।
म तिमिलाई कल्पिन्छु । पोखाउँछु ।
तिम्रो अाँखाको सम्मोहन लाई पिएर ।
प्यास मेटाउँछु ।

म तिमिलाई आफ्नो भन्छु ।
तिमि आलोक हौ । तिमि ज्योति हौ ।
कल्पनाको लगाममा बेरिंदै । तैरिदै ।
तिम्रो उर्जाको तलतलमा पुगेर म फेरि बौरिन्छु ।
प्रकारान्तरमा अनुभुतिहरुको कम्पन
हृदयको कमजोर भु-खण्डमा ठोकिन्छ ।
म चर्किन्छु । म ईस्पात होईन ।
संबेदनशिल क्रिस्टलझै छु ।
तिम्रो अंकुशमा छटपटाएर फोरिन सक्छु ।
म तिमिलाई अावाज भन्छु । सुर भन्छु ।
म तिम्रै संगित हुँ । म तिम्रै ब्यञ्जन हुँ ।
तिम्रो सुगन्धलाई पछ्याएर
म प्राप्ति बन्छु ।

म भीत्र बिषमता छ । म टुङगिन्छु फाटोमा ।
म केहि होईन । ताप हिन । उर्जा हिन ।
म तिमिलाई दबाई भन्छु ।
तिमि कबिको बिम्ब हौ । धाराप्रबाह लेखिन सक्ने ।
तिमि मैनटोल पेट्रोमाक्स र लाल्टिन हौ ।
तिमि पेरिस भेरोना र वार्सा हौ ।
तिम्रो प्रकाश सहाँस र आभुसणमा संसार झुत्तिन्छ ।
तिम्रो भोंचा भित्र पग्लिने म धातु हुँ ।
म तिमिलाई अाराध्य मान्छु ।
तिम्रो ममताको पाटनमा खेल्ने ईच्छा राख्छु ।
म तिमिलाई अामा भन्छु । सृष्टि भन्छु ।

मैले हिड्नै बाँकि छ  तिम्रो जस्तो सरलता
मैले कोर्न बाँकि छ तिम्रो जस्तो महानता
म भर्खरै आबरण फोडेर निस्किएको छु ।
म तिम्रै हिस्सा हुँ । म तिम्रै काया हुँ ।
म तिमिलाई अामा भन्छु ।