पहिला कुरा: म चिसो छु ।
जम्छु भनेर रेफ्रिजेरेटर बाट कसैले निकालिदिए जस्तो ।
दोस्रो: म तात्न चहान्न ।
दिमागका तारहरु पुरानो तानपुराको तार जस्तो भईसकेका छन् ।  पहिले नै बजिसकेका छन् । झन बजाउने हो भने चुँडिन बेर छैन । दिमाग उड्छ । मान्छे बहुलाउँछ । सोच्नै छोड्छु ।
अब, अगाडि उभिएकि स्वास्नीमान्छे लाई नियाल्न लागें । उत्पातै राम्रि छे । नि लेन्थ ए-लाईन  स्कर्ट लगाएकि । गोरि । अंग्रेजि केटि । बिहे भईसकेको छ । म अनुमान गर्छु । वा हुन सक्छ लिभिङ-टुगेदर संगतमा छे । वा भर्खरै डिभोर्स भएता पनि फेसबुकमा रिलेसनसिप स्सटेटस् 'ईट्स कम्पलिकेटेड्' राखेकि हुन सक्छे ।
गए राति उसैको अपार्टमेन्टमा गएर उसको भुतपुर्ब लोग्ने ले रक्सि नलागेकै सुर मा झापु हान्यो । त्यसैले गाला राता छन् वा हुन सक्छ गर्मिले तातेर पनि रगत चुहिएला जस्तो रातो देखिएको हुन सक्छ । अनुमाान  हो ।
उ मेरो सम्मुख उभिएकि छे । हामि बिच तिन चार गजको ह्वाङग छ । त्यहि ह्वाङग परेको ठाउँ बाट मान्छेहरु ओहरदोहर गरिरहेका छन् । उसको नि लेन्थ ए-लाईन  स्कर्ट माथि सर्छ । उ तल तान्छे । फेरि सर्छ । फेरि तल तान्छे । उसले निकै बेर पछि ख्याल गरि म उसको उपक्रम हेरिरहेको छु । फेरि भन्छु । उ अघोरै राम्रि छे । अब मलाई हाँस्न कर लाग्यो । उ पनि हाँस्लि भन्ने लागेको थियो । तर अनुमान गलत भयो । उ हाँसिन ।
अर्को ११-१२ मिनेट पछि । उसैले सोधि ।
'महाशय । तपाई लेखक हो ?'
होईन भन्छु । तर मुख बाट हो निस्कियो । भने । 'किन खलबलायौ मलाई ?'
'निजि मामला हो ।' उ त रन्किन खोजि । 'मेरो बारे के के अनुमान गर्यौ ?' उसैले सोधि ।
'धेरै कुरा' मैले अब वास्ता नराख्न खोजे जसरि जवाफ दिएं ।
'जलबायु-मौसम को अनुमान गर्नेले जस्तो किन मुख फेरेको ?' उ सम्हालिन खोजि । या भनु चिसिन खोजि ।
'म मौसम होईन ।' केहि सेकेण्ड चुप लागें र तुरुन्तै भने 'न त प्रत्येक बिहान छापिने हरस्कोप' ।
'त्यसो भए तिमि आफुलाई गलत साबित गर्न सक्छौ ?'
' सक्छु ' मलाई त्यो स्वास्निमान्छे ले तताउन खोजि ।
'सकेनौ भने?' जोरि खोजि ।
'तिम्रो निम्ता अस्विकार गरुँला ।'
'तिमिलाई लाग्छ म आफ्नो ठेगाना टिपाँउछु ।' नि लेन्थ ए-लाईन  स्कर्ट ले भनि ।

दुई जना मान्छेहरु हामि बिचको ह्वाङग परेको ठाउँबाट निस्कन खोजे । त्यतिनजेल उ चुप लागि । त्यहि ह्वाङग परेको ठाउँ हुँदै एक लस्कर मान्छे भित्र पसे ।
उसले मलाई आफ्नो ठेगाना भनि । मैले भरे आउने पक्का गरेको कुरा बताईदिएं ।

अब त्यस स्वास्निमान्छेको कोठामा । म चुपचाप छु । मौन छ भित्ताहरु । एनामा उ आफ्नो नाङ्गो शरिर हेरिरहेकि छे । मेरो टाउको तातेको छ । माईक्रोवेभ-वभन बाट भर्खरै झिकेको तातो स्टिक जस्तो  ।
'मलाई बरफका टुक्राहरु देउ । मेरो टाउको चिस्याउँछु ।' मैले स्वास्निमान्छेलाई आदेश दिए ।
उसले आदेशको पालना गरि र बरफका टुक्राहरु मेरो टाउकोमा दलि दिन थालि । बरफ पग्लिएर तप तप निधार बाट चुहिन थाल्यो । गर्मि बडेर हो कि । मानिस धेरै भएर हो । पसिना चुहिन थाल्यो । गालाहरु रगत चुहिएला जस्तो रातो भईसकेको थियो ।
अगाडि उभिएकि केटिले चिनेजसरि हेरिरहेकि थिई । मलाई लाग्छ मैले पनि उसलाई कतै देखेको हुनुपर्छ । उसैलाई सोधुं कि जस्तो लाग्यो । मौका गुम्ने डरले सोधिहालें ।
'तिमिलाई पहिले कतै भेटेको छु ?'
'छैन' केटिले जवाफ फर्काई ।
'त्यसो भए तिम्रा गाला किन राता छैनन्?' मैले तिमिलाई गाला रातो भएको बेला भेटेको थिएं । हामि बिच यति अन्तर थियो ।' मैले ह्वाङग परेको ठाउँ देखाएर उसलाई संझाउन खोजें ।
उ बोलिन ।
मैले म मौसम होईन या दैनिक छापिने हरस्कोप होईन भनेको तिमिलाई याद छैन ?'
'छैन' । उसले ईन्कार गरि ।
'त्यसो भए..'
'मान्छे लाई कहिले कहिले भ्रम हुन्छ ।'
'यो भ्रम होईन ।'
'लाग्छ तपाई कुनै योजनाामा निस्कनु भएको थियो ।' उसले म बाट कुरा धुत्न खोजे जसरि भनि मानौ उ सरकारि वकिल हो ।
'कस्तो योजना?'
'कुनै गोप्य योजना जुन अरुलाई भन्न अनुचित पनि हुन्छ ।'
म अब अरु ढाँट्न सक्दिन । मैले उसको कानै छेउ गयर भने 'हो एउटा योजना छ।'
कसैलाई पनि गोप्यता देखि चाख लाग्छ । उ अझै वर सरि ।
मैले उसलाई मेरो गोप्य योजना सुनाए ।

अर्को दिन । म त्यसैगरि उभिएको बेला त्यस स्वास्निमान्छे लाई देखें । हामि बिच त्यस्तै ह्वाङग परेको ठाउँ थियो । मानिसहरु त्यसमा ओहरदोहर गरि रहेका थिए । तर त्यस दिन पनि त्यस केटिले मलाई पहिले कतै भेटि सकेको जिकिर गर्न सकिन ।

मेरो दिमाग अब फुट्ला जस्तो भयो । तानपुराको पुरानो तार चुडिन थाले जस्तो दिमागको नशाहरु चुडिन थाले । मैले भने
'मेरो टाउको फुट्न थाल्यो बरफका टुक्राहरु ल्याईदेउ ।'
बरफका टुक्रा लिएर कोहि आएन । बरा ! यो पहेलि नसुल्झिए पछि तानपुरा टुट्यो......
क्रमश: