'प्रभा' उ निदाएकि थिईन । त्यसैले उसलाई बोलाई हेरें ।
हामि दम्पति निदाउँदैनौ । रात अनिदो कट्छ । अन्धकार पनि कति क्रुद्द देखिन्छ । सुनसान र असुराहरुले ब्याप्त भए जस्तो ।
प्रभा म तिर फर्किई । भनि । 'भोलि बिहान मन्दिर जानु छ । सुत ।'
***
केहि क्षण पछि अनुहारमा कता कता बाट हो हाँसोका झिल्काहरु देखिन थाले । मनमा उन्मात चड्न थाल्यो । प्रेममा के के गरिदैन । उपहारमा स्वेटर बुनिन्छन् । कार्डहरु साटिन्छन् । फुलहरु च्तातिन्छन् । चुडिन्छन् । शरिरका आफ्नै अंगहरु आफ्नै जस्ता लाग्दैनन् । भेदहरु खुल्छन् । रहस्यहरु जन्मिन्छन् । रात दिन एकनास हुन्छन् । तस्बिरहरु आखाँमा छापिन्छन् । मुटुमा छापिन्छन् । कता हो कता हजारौं उत्ताउला उत्तेजनाहरु सर्बाङ्ग शरिर भरि कुद्दन थाल्छन् । कालो ट्याम्पो मा घर फर्किउनजेल मा सोमनाथ ले धेरै कुरा सोचिसकेको थियो । उसलाई जमुना एकै हुत्तामा तरे जस्तो भयो । घर पुग्नासाथ उसले प्रभा लाई मनग्गे सोच्यो । रात भरि सोच्यो । प्रभा लाई संझिदा मात्रै पनि उसलाई सिरिंङ हुनथ्यो । झन अाजको कुराले त उसको होसै उडेको छ ।
प्रभाले धरहराको सिंडि अोर्लदै गर्दा भनेकि थीई । 'सोमनाथ । म तिमिलाई मनपराउँछु ।'
सोमनाथ को सुद्दि हरायो त्यस पछि । उसले कति बेला कालो ट्याम्पो समायो । प्रभा कुन बेला अोर्लि । उ कुन बेला घर अायो । उसलाई केहि पनि याद छैन । सोच्दै गर्दा उसले यो पनि सोच्यो । प्रेम मा कति तागत हुँदो रहेछ । लाखैं लाख सुर्यको तेज पो रहेछ । कता कता पिडा पनि हुने । खोई कस्तो पिडा । सायद उसको निधार बलिरहेको  छ । उसले निधार छाम्यो । रन्किएको थियो । ज्वरो आए जस्तो । उसले मनमनै भन्यो । 'म कस्तो हुस्सु । भाडा कसले दियो होला ?' प्रभा ले के सोचि होला ?' उसको मन मा यस्तै तरङहरु रात भरि आईरहे ।
अर्को दिन धरहराको टुप्पो मा पुगे पछि । सोमनाथले भन्यो । 'प्रभा । हामि बिहे गर्रौं । हुदैन?'
***
प्रभा कोल्टे फेरिरहेकि छे । उ पनि निदाउन सकेकि छैन । सोमानाथ केहि न केहि सोचिरहेको थियो । उसलाई थाहा छ । उ प्रभालाई प्रेम गर्छ । प्रभा लाई के भएको छ । उसमा परिबर्तनहरु आएका छन् । उ म संग बाँउठिन थालेकि छे । सोमनाथ यस्तै सोचिरहेको थियो । बिहानको चिसो झ्यालको खापा बाट भित्र छिर्न थाले पछि सोमनाथ लाई निन्द्रा आउला आउला जस्तो भयो । प्रभा त निदाई सकेकि थीई । सोमनाथ लाई त्यो पनि याद भएन । निदाउन थाल्दा मान्छे एकफेरा झस्किन्छ । कतै बाट फालहाले जस्तो हुन्छ । सोमनाथ त्यति खेर धरहराको नवौं तल्ला बाट फालहालिरहेको थियो । सोमनाथ लाई त्यो पनि पत्तो छैन । उ त्यो सपना देखिरहेछ वा सक्लल मा त्यो भईरहेछ । प्रभाले प्रेम प्रस्ताब राखे देखि नै सोमनाथ यस्तै भएको छ । होसै गुमाएको छ । बिचरा । अाजकाल त झन उसलाई केहि यादै रहँदैन ।
फ्यात्त उसको शरिर धरहराको प्राङगण मा झर्छ । मानिसहरु त्यो देखेर पर भाग्छन् । आत्तिएर । मानौं सोमनाथको ज्यान होलिमा भरेर फ्याँकिएको बेलुन होस् ।
सोमनाथको शरिरले रगतमा डुबुल्कि खेल्यो ।
**
प्रभा सोमनाथ लाई घचघचाई रहेकि छे । बोलाई रहेकि छे । 'प्राणनाथ । उठ्नुहोस् । मन्दिर जाउँ ।'
त्यसपछि सोमनाथ कहिले पनि उठेन ।
प्रभा आजकाल एक्लै मन्दिर जान्छे र सोमनाथको दिर्ध जिबनको कामना गरेर कालो ट्याम्पो मा नयाँ प्रेमि साथ घर फर्किन्छे ।