प्रिय पल्लवी, 

म ठिक संग अनुमान गर्न सक्दिन । हामि कति खेर भेटिन्छौं । त्यो जुन समय भए पनि । तिमिले ठ्याक्कै यहि प्रेम संझिने छौ । कति रमाईलो होला । तिमिले बिस्तारै आफ्नो ओठमा मुस्कान लेराउँदै मलाई संझिंदै परिज्ञाता जस्तो बोल्ने छौ । फेरि सबै संझिने छौ । 

हुन सक्छ तिमि राजमार्गको कुनै चिया पसलमा वा रात्रि बसको अन्तिम सिटमा मलाई कुर्दै बसेकि हुन सक्छौ । किन संझिन्छौ मलाई । सत्य र असत्यको बिचमा तिमि ठिक संग उभिन सक्दैनौ । म खुसि हुने छु, तर दुई अर्थ नलागोस्, तिमिले यहि प्रेम संझिने छौ । कलान्तरमा तिमि लाई च्युत समयको आभास हुने छ । तिमि आँसु खसाल्छौ । सोच्छौ । सायद प्रेमको स्खलन उचित हुने थियो । आफुलाई त्यागियकि सोच्ने छौ । नसोच गल्ति तिम्रो मात्र थिएन । खण्ड खण्डमा बाँचेका हामि अतिव योग्य थियौं ।

अाखिर तिमिलाई बास्तबिकताको भान हुने छ । तिमि टहल्लिंदै गुनगुनाउने छौ । पटक्कै स्वार्थि देखिदैनौ त्यति बेला । फेरि संझनाहरु संगेल्दै तिमि भुल्ने छौ । सुरुवात कँहा थियो । म संझाउने छु तिमिलाई । हामि एक अर्काको हात समाएर फेरि उस्तै गरि
हिड्नेछौं । तिमि झट्ट संझिन्छौ अनि भन्छौ । हामि असनको भिडभाडमा भेटिएका थियौं ।

हेर त! कस्तो हतासमा तिमिले मलाई हेरेकि थियौ । मन भित्र भित्रै तिमिलाई बेचैनि हुन्छ । तिमि हतारमा थीयौ । तर तिमिले फटाफट छुट्टिन चाहेनौ । त्यसै पछि त हो तिमिले मेरो हात समाएको । तिमिलाई संझना हुने छ । तिमि संझिन्छौ? तिमिले मेरो हात कसेर समाएकि थियौ । तिमिलाई के को डर थियो । सायद । यसै गरि छुट्टिने अभिप्सा थियो ।

हामि ठोक्किने छौं । एक आपसमा । परिचय माग्ने छौ । फेरि । कतै । तिम्रो डेरा तिर । मेरो डेरा तिर । हामिले नचिने जस्तो गर्नु पर्छ । म तिमिलाई एकहोरो हेर्ने छु । तिमि आँखा अन्तै लगाउनु । तिमि ठट्टा गर्न सिपालु हुने छौ । मलाई थाहा छैन । बास्तबमा हामि त्यो समयलाई कसरि पर्गेल्ने छौ । सुनसान, बिना रुकावट, बिना हतास, बिना हतार । फुर्सदले । म तिमिलाई फेरि नियाल्ने छु । तिमिलाई त्यो पल झन्झटिलो हुने छैन । तिमि हाँसि रहने छौ । मलाई हेरेर । समयको नक्कल गर्ने छौ । त्यति बेला तिमि म प्रति पुरै खुल्ने छौ । बफादार भएर । तिम्रो चुलबुले पना झन निखारिने छ । तिमि मलाई फेरि कुनै नया उपनाम दिने छौ । बिस्वास छ । तिमि मलाई कैतै ब्यग्र भएर कुरि रहेकि हुने छौ ।

नयाँ जिबन बाट तिमि बेखुस छौ र, पल्लवी ? पक्कै तिमि बेखुस हुने छौ ।

प्रियबंदा । आउ । उसोभए फेरि अर्को पटक । बगैंचामा घुम्न निस्किउँ ।

तिमि अाउँछौ, मलाई भेट्न बसन्तपुरको डबलिमा ?