त्यो संगित यस्तो थियो ......

दिमागमा बुभुत्सा त्यति बेला थपियो जति बेला उसले मलाई हेरेर परै बाट हाँसि । म उसको उत्सुक आँखाहरु अझै संझिरहेको छु । मेलबर्नको ब्यस्त जनजिबनको भिडबाट उक्ताएर म एकैछिन शहरको आदिमता बुझ्न निस्किएको थिएं । शहरले आफ्नो बिशालतामा सबैलाई मोहित पारेको छ । उसले नजिकै आएर सोधि ।
'तपाई कसैलाई कुरिरहनु भएको हो ?'
'हँ' उ भन्दा पहिला उसका आँखाहरु बोलिरहेका थिए ।
'हजुर, म कसैलाई कुरिरहेको छु ।'
उ मसंगै आएर बसिसकेको थिई । म उसको शोभाको बखानै गर्न सक्दिन । उसको आँखाको पिंधमा प्रौढता देखिरहेको थिंए । जतिखेर उ मसंग गाफिन थालेकि थिइ, त्यतिखेर हावाले उसको अनुहार छोएर जान खोज्दा उ आँखाहरु बन्द गर्थि । त्यतिखेरको उसको अनुहारको अगाधतालाई म लेख्नै सक्दिन । उसको सौंन्दर्यको गाढापनले मेरो ह्रृदयको गहिराई छोएको थियो । के यस सहरमा यति सुन्दर युवतिहरु पनि हुन्छन् जसले आफुलाई क्लिष्ट राखेका छन् ।
'म तपाईको कपाल छुन सक्छु ?' उसले आफ्नो हात मेरो कपाल छेव लेराई सकेकि थिई ।
'अवश्य ! म कामना गर्छु ।'
उसले कपाल माथि हात लाई बिस्तारै खेलाउन थालि ।
'आउ एकैछिन प्रार्थना गरौं ।' दुबै हातलाई एकै ठाउँमा कसि र मलाई एजन गर्न भनि ।
म आँखा बन्द गरेर प्रार्थना गरिरहेको थिएं । लाग्छ उ मेरो एकाग्रता सुनिरहेकि थिई । त्यो समय बर्णन गर्न नसकिने समय हो । एकदम संग भएको भेटघाट बाट म हुनसम्म प्रभाबित बनेको थिंए । प्रार्थना पछि उसले आखाँ खोल्न लगाई ।
अलौकिक ! मेलबर्नले एक फड्को मारेको थियो । सबै थोक साबधानि पुर्बक स्थिर भएका थिए । ट्राम गाडि, पैदल यात्रि, टिन बजाउने बुढो, स्केट गरिरहेका नव युवा, मात्तिएर चुम्बन गरिरहेका नव युवाहरु, गन्तब्य भेट्न कुदिरहेका ब्यक्तिगत समयहरु, बिशाल घट्टाघर, अनिच्छुक बेश्याहरु, दोस्रो दर्जाको माल बेच्ने मालधनिहरु, खस्रो पिठोको पाउरोटि खाईरहेका ब्यस्त देखिन खोज्ने मानिसहरु, धर्म प्रचारको लागि ग्रहाक ढुक्दै गरेका धर्मका दलालहरु, साँझको हिँडाईमा निस्केका नशा रोगि बुढाहरु, समलैंङग्गि सम्बन्धको माग गर्दै नारा लगाईरहेका समर्थकहरु । यि सबै मेरो प्रार्थनाको परिणाम-क्यानभास मा अटाएका थिए । र यस्को घेरा भन्दा बाहिरको को दुनिया लाई म झनै बर्णनै गर्न सक्दिन थिंए ।
तर त्यस अनुहार परेकि अलंकृत केटि मेरो छेवछाउ थिईन । उ मेरो दृश्यबाट गोरच भइसकेकि थिइ । तर म उसको सन्तुलन-प्रयास लाई सधै संझिरहने छु । मेलबर्न बसाई भरि उ याद आईरहन्छे ।

........ र त्यसपछि त्यो संगित अन्नत सम्म बजिरह्यो ।