म संझन्छु । सुन्छु । शनिबारको आकासमा । टुईनटरको आवाज ।  सुने सुने जस्तो लाग्छ । शंखनाद । बिरानो । केहि केहि धाराबाहिक । निकानन्द । दृष्टिको आधि पाटोमा उज्यालो छ । आधि अंधकार । स्वउपेक्षाका लहराहरुले । फस्ट ह्यान्ड साईकलेको काठि मा स्वघोषित प्रेमिकालाई राखेर । कुनै पुरानो हिन्दि सिनेमाको पोस्टर जस्तो । स्मृतिको भित्तामा । जो कहिले पुरानो हुँदैन जस्तो । ऊ हाँसिरहेकि छे । उसलाई पनि थाहा छ । सम्मोहनको आदि छेउमा । म उसलाई कुदाईरहेको हुन्छु । मेटाउन सकिन्न यादहरु ।  घिरैंलाको झालले आधि आँगन छोपेको छ ।  म । कर्कलाको पात मुनि । भ्यागुताको फुल खोज्न निस्किएको छु । रछ्यानमा सुकेका भाँडाहरुले । हालत केहि फरक थिएन । पालि माथिको मुल झ्याल संगै । रेडियो फुक्दै थियो । 'यो रेडियो नेपाल हो।'
टुप्लुक । उ । पछाडि बाट । मेरो आँखा छोप्छे । लुकाछिपि । चलिरहोस् । फेरि  रेडियो नेपाल फुक्न थाल्छ । 'अब सुन्नुहोस् । कोमल आोलि बाट राष्ट्रिय समाचार ।'
उसको अनुरोध म टाल्न सक्दिन । मेरो फस्ट ह्यान्ड साईकिलको काठिमा उ के के सोच्दै बस्छे । हावा मा एउटा सुगन्ध फैलिएको छ । सायद । तात्कालिन । बिश्वास । भरोसा । म संगेल्छु । रफ्फु भरेको चेक सर्टको अघिल्लो खल्तिमा । प्रमुदित । खुसुक्स त्यो खुसिलाई घुसाउँछु ।

आज त्यहि पुरानो पोको फुकाउँदै छु । भेलले । आबेगले । मन सिनित्तै पखालेको छ । हिन्द महासागरको किनारमा ऊभिएर सोच्छु । त्यतिखेर म मेरो फस्ट ह्यान्ड साईकलको काठिमा पुरै समुन्द्र बोकेर हिँडेको रहेछ ।