तार्किक सपनाका आँधि बेहेरिहरु
बर्गाकार कोठाको चौघेरा बाट सुरु हुन्छ ।
जहाँको झ्याल बाट
जहाँको छतबाट
चौथाई आकासको दृश्य मात्र देखिन्छ ।
उ पटक पटक,
बहुलाउँदै ब्युँझन्छ ।
रङगिन सपनाका ताँतिहरु
बुढा कमिला झैं पखेँटा हाल्छन् ।
उड्न खोज्छन् सपनाहरु, तर्कनाहरु
उ च्याप्प समाउँछ
र थच्याउँछ
छ आठको बर्गाकार कोठा भित्र
पखेँटा हालेका सपनाहरुलाई
पखेँटा हालेका तर्कनाहरुलाई ।

उ ठम्याउन खोज्छ ।
समथरमा उठेका उबड खाबडहरु
उ ठान्छ, ति सरल छन् ।
सरस छन् ।
जिबनका पाईतालाहरु
अनबरत बगिरहन्छन् ।
बिना झन्झट,
बिना रुकावट ।
यहि बुझ्छ र आफैलाई रित्ताउँछ ।
पटक पटक,
कामसुत्रका पानाहरुमा ।
उ जिबनको शुद्धता खोज्छ ।
आकाँक्षाको आहालमा
सुतेको मानबहादुर,
सिङगो रातभरि,
सिङगो दिउँसभरि,
सिङगो साँझभरि
अन्धकार भँडखालो भित्र
मुन्टो जोतिरहन्छ ।

उ कहिले जसो,
टोल्स्टएका प्रमुख पात्र बन्छ ।
हर्मन हेम्सको सिदार्थ बन्छ ।
नाचघरको नर्तकि बन्छ ।
बेश्यालयको रण्डी बन्छ ।
कहिले काहिँ,
उ आफ्नै सपनाको धरौटि बन्छ ।
उसकि आमाले बुनेको स्वेएटरले
आभासको तातो नदिएपछि ।
उसले बिदेशि कम्मल अोड्न थालेको छ ।
जस भित्र,
बिरानोको हरक ब्याप्त हुन्छ ।
उ आफैंलाई नगांउछ ।
शरीर भरी जघानिका दागहरु
उसैलाई थाहा छैन ।
उ बेवास्ता गरिरहेको थियो ।
संचित सपनाको भारि पोका
पिठ्युँमा लादेर,
कोश कोश चलिरहेको थियो ।
जब, र
बाँउडिएका तिघ्राहरुले पिडा दिए
उ रोकियो, रहरको हिँडाई बाट ।
पखेँटा हालेका सपनाहरु थच्चिएका छन् ।
पखेंटा हालेका तर्कनाहरु बोधो भएका छन् ।
आखिर,
उसले जिबनको अर्थ खोजेरै छाड्यो ।
उ देख्छ ।
मानबहादुरको अर्ध मुर्छित जवानि
बिदेशिि कार्पेट माथि स्खलित छ ।
मानबहादुर जोडले चिच्याउँछ ।
सोध्छ, तिनै कागजका डल्लाहरुलाई
तिमिहरुको तौल कति छ ?