प्रेमको अनुलेखन गर्नु पर्दा 
म तिमिबाटै, 
तिम्रै अनुमतिमा 
केहि शब्दहरु उधार लिन्छु ।
मेरि प्रेमिकालाई,
फिट हुने केहि शब्दहरु ।

कुँयत्रोले नबजाएको
उसको प्रेमानाद ।
मलाई सुन्न जाँगर चल्छ ।
म घन्टौं सम्म सुन्न सक्छु
म बर्षौं सम्म सुन्न सक्छु ।
मेरो अकिञ्चन मस्तुल
मगन उनितिर ढलिदिन्छ ।
त्यो प्रेमको अभिब्यञ्जन थियो ।
हो त,
त्यो प्रेम गर्ने शिल्पकला
मैले उनैबाट सिकेको थिंए । 

मनोबिनोद,
मनोकामना अनि मनोज आबृति ।
मेरो मुटुको आलिहरुमा
ओहोर दोहोर गर्ने उनको प्रेम
म त हैरान छु ।
मेरि प्रेमिकाको कौशल देखेर !
उनि कहिल्यै थाक्दिन रे ।
मलाई प्रेम गरेर ।

मेरो अनुरोधमा-
मेरि प्रियसिले
प्रेमको मन्ञुषा खोलेकि थिई ।
त्यसमा के थिएन ?
अतुल्य प्रेम थियो ।
आदर थियो ।
बात्सल्य र मनोकांक्षा थियो ।
त्यसैले आज पनि,
मेरि प्रेमिकाको
पुर्णबिराम नलागेका ओठहरुमा,
एक धर्को मुस्कान खुल्दा
म तिमिलाई सोधिरहेको हुन्छु ।
मेरि चुमुवा!
के तिमि मलाई अझै प्रेम गर्छौ ?