बरुनि खाना ऊत्पातै मिठो बनाउँछे । झन उसले तारेको अन्डा र उसिनेको आलु त प्यारेस हमाल लाई सुटिङमा चाहिन्छ चाहिन्छ । तार्यन सिग्देल पनि बरुनि भन्दा बरुनिले तारेको प्याज आलुमै तानिन्छ रे । हुनपनि बरुनि तार्ने तुर्नेमा खप्पिस भै'सकि । म पनि एक दिन घुम्दै चोबार पुगेको थिँए । प्यारेस हमाल ठुलै भिरबाट कुद्ने तयारिमा थिए । बरा, भिर पनि ठुलै थियो । बरुनि भन्दै थिई ।

'हाम्रा प्यारेस जि साह्रै साहाँसि मान्छे छन् ।  लु हेर्नु त कत्रो भिरमा उभिएका ।'

बरुनि मेरै गाँउकि छिमेकि बहिनि । उसकि आमा होस्टेलमा खाना बनाएर खुवाँउछे क्याम्पसे ठिटाहरुलाई । बरुनिलाई गाँउबाट उसकि आमाले तिन महिना अघि मात्र काठमाडौं झिकाएको हो, होस्टलमा सघाउन भनेर । तर उ लागि सुटिङ्गमा खाना बनाउने कामतिर । कहिले कहिेले पल्याकपुलुक बाटो घाटोमा देख्छे/भेट्छे । त्यति खेरै भन्छे -
'दाई यसो सुटिङ्गमा आउनु'स न ! कस्तो दिलै न'भाको मान्छे हुनुन्छ क्या ।'



 यतिका भरमा म सुटिङ्ग हेर्न पुग्थें । सोच्थें सुटिङ्ग पनि हेरुँ, बरुनिको हातको फोकडको खाना पनि खाँउ ।  घरमा बसि बसि लेख्ने मसला पनि कम भएको हुन्थ्यो । अनि कति पढ्नु Agatha Christie, Amiri Baraka, Anne Frank, Daphne du Maurier लाई ... ... । एहि सोचेर पुग्थें सुटिङ्गमा । उसित कुरा हुने भनेको सुटिङ्गमा पुग्दा मात्र हो । अरुबेला भेट्ने भन्ने कुरा हुँदैन थियो । उसको डेरा अलि पर थियो, मेरो अलि वर ।  

सुटिङ्ग हेर्न म अघिल्लो हप्ता पनि नगरकोट पुगेको थिएँ । मलाई सप्ताहान्त मनाउने यो राम्रो उपाय लाग्छ । कहिले गोदाबरि कहिले ककनि कहिले कता कहिले कता ... । त्यस दिन पनि बरुनिले भनेकि थिइ-

'दाई हेर्नुस न आमा सुटिङ्गमा जानु पर्दैन भन्छिन। होस्टलमै काम सघा भन्छिन । म त दोधारमा छु क्या !'
उसले तारेको अन्डालाई ऊसिनेको आलुमाथि टपिङ्ग गरेर मेरो हातमा राख्दै भनि ।

'त्यसै गर न त ! त्याहाँ पनि राम्रै आम्दानि छ भन्छौ । यो सिनेमाको लाईन त्यति राम्रो पनि हुँदैन । भर हुँदैन के !' मैले भनें

उसले खुचुक्क मुख खुम्च्याई र म तिर हेरेर भनि-
 'क्या'र्नु ! सुटिङ्ग छोडेर । यता प्यारेस जि लाई मेरो आलु चाहिन्छ क्यारे । अस्तिको सुटिङ्गमा क्या त तार्यनले पनि भन्दै थिए तँपाईको आलु त साह्रै  मिठा छन् ।  मलाइ त नभै हुँदैन । अनि भन्नुस त दाई कसरि छोड्नु यस्तो माया गर्ने मुन्छे हरुलाइ ।'

उसको अग्रभागमा गएर मेरो ह्रदय ठोक्कियो । उठेको समुच्चयहरुमा गएर आँखा रोकियो । बिचरि ! मोराहरुलाई उसिनेको आलु भन्दा यि ऊठेका आलु चाहि'या छ । अनि घ्यू किन नघसुन ! मैले मन मनै सोचें ।
बरुनि उता खोल्सातिर पुवन जि ले हल्लाएको कम्मर हेरेर मस्कि रा'थि ।
त्यो सुटिङ्ग अबेर सम्म चल्यो । साँझ हामि सँगै फर्कियौं । उनिहरुको सुटिङ्ग बस कागबजार सम्म गएर रोकियो । बरुनि आफ्नो डेरातिर लागि, म मेरो घरतिर ।

मेरो लेखहरु पत्रिकामा नछापिएको धेरै भएको थियो । एक बार बिहानै उठेर कलम समाएर बसेको थिएँ । सेतो काजग अघिल्तिर फिँजाएर सोच्न थालेको मात्रै के थिएँ मोबाईल फोनमा घन्टि बज्यो । नम्बर मात्र थियो नाम थिएन । म कसैको नम्बर/नाम सितिमिति फोनमा राख्दिन पनि । मलाई जाँगरै चल्दैन । फोन ऊठाइ हेरें । बरुनिको रै'छ । बरुनिको फोन एसरि कहिल्यै आँउदैन थियो । फोन गर्न पर्ने काम पनि हुँदैन थियो ।
बरुनिको आत्तिएको स्वर मेरो कानमा पर्‍यो ।
'दाई होस्टलमा आउनु पर्‍यो ।'
 म मेरो मोटरबाईकमा पगनखेलको उसको होस्टलमा पुगें । होस्टलमा पुग्दा पुलिसहरुको जन्ति थियो । होस्टलका केटाहरुको बाक्लै भिड थियो । म भिड छिचोलेर होस्टलको भान्छामा पुगेँ । बरुनिको आमा चाँहि एउटा कुनामा बसेर सुँक्क सुँक्क गर्दै थिई । अनि छोरि चाँहि अर्को कुनातिर बसेर । मैले कुरा पहिल्याउन बरुनिलाई सोधें ।
'बरुनि कै भै'रा छ याँ' ?  
बरुनि निकै बेर बोलिन । मैले फेरि सोध्न पर्‍यो ।
'बरुनि कै भै'रा छ याँ' ? '
बल्ल बरुनि उबाच सुनियो ।
'हिजो राति होस्टलको एउटा केटाले आत्म हत्या गरेछ । बिहान उसकै साथि उठेपछि मात्रै थाहा भो ।

 'अनि' -मैले बुझ्न खोजेँ ।

'त्यो केटा पहिले पहिले यहाँ आँउदैन थियो । म आए देखि त्यो पनि यहाँ खाना खान थालेको हो । पछि थाहा भयो त्यो मतिर पल्किएको रै'छ, दाई । अनि आवत जावत पनि बाक्लिन थाल्यो । म त्यो केटालाई पनि तार्यन जि लाई, प्यारेस जि लाई जस्तै तारेको आलु खुवाउन थालेँ । उ पनि मेरो तारेको आलुमा पल्कियो । पछि मलाई पनि त्यसको माया लाग्न थाल्यो । पढाई नसकिनै भगाउँछु भन्दै थियो । मैले पढाई सक्नुहोस अनि बिस्तारै भागुँला भनेर आलटाल गरेर बसेको थिए । एक दिन उसको कोठामा तारेको आलु पुर्‍याउन जाँदा उसले अर्थोक पनि खाईदियो दाई । मैले पनि आनाकानि गरिन । मायैँ गरेको थिएँ नि ! आमाले यो कुरा कसैलाई नभन्नु भनेको हुनाले दाईलाइ पनि भन्न सकेको थिईन ।'

मैले उसकि आमालाई हेरें । उनि त झन भित्तातिर टाँसिएर, भित्तानै फोडेर बाहिर निस्कुँला जस्तो गरि'राथिन । म वाक्क परि रहें । बरुनिको तरुनि सरिर हेरि मात्र रहें ।
उसले फेरि बोलि-
'दाई अब यो बच्चा फाल्नु पर्‍यो । कसरि गर्ने होला ?
बल्ल उसकि आमा चाँहि बोलि-
'लौ न बाबु यो नासो मिल्काइ दिनु पर्‍यो । सहयोग गर्नुहोस । पैसाको लागि पनि र अरु पनि ।'

अब म ट्वाँ परेँ । पैसा त म सँग पनि थिएन । पत्रिकाहरुले पनि भन्ने बित्तिकै पैसा दिँदैनन् । अक्षर छापिएको महिना दुई महिनामा मन्छाउँछन् । त्यो पनि आधि मात्र । मैले हुन्छ भन्नै पर्‍यो ।
'हुन्छ' भने ।

त्यस पछि तुरुन्तै भ्रान्तिपुरमा गएर अघिल्ला लेखहरुको पैसा भुक्तान लिएँ । बाँकि बक्यौता गरेर बिस बाईस हजार  हात पर्‍यो । बन्दै गरेको घर थियो । लगानि त्यसमा पनि गर्नु थियो । तर यसपालि बरुनिलाई नै सापटि दिने भएँ । भोलि पल्ट हस्पिटलमा गईयो । बच्चा सकुसल फालियो । डाक्टरले पैसा गुटमुटायो । मैले थुक निलेँ । बरुनिले पनि मैले थुक निलेको देखि होलि । त्यसैले हत्त पत्त भनि हालि । 'दाई  अर्को सुटिङ्गमा काम आएको छ, पैसा हुनासाथ म तिरि हाल्छु'।
'भै'गो पर्दैन तिर्न । मैले गेरेको सहयोग सम्झं ।'- मैले भनि टोपलें ।

त्यसपछि बरुनि सँग एक दुई बर्ष सम्मै भेट भएन । बाटो घाटोमा पनि उ भेटिन छोडेकि थिई । सुटिङ्ग हेर्न पनि गएको थिईन । मैले सोचेँ गाँउ गई होलि । मैले पत्रिकाहरुमा लेख कमै पठाउन थालको थिएँ । बरुनिको फिलिमको मोहले मलाई पनि फिलिम तिरै तानेको थियो । एउटा स्क्रिप्ट लेख्ने अफर आएकोले तुरुन्तै नाई नास्ति नगरि लेख्न थालेको थिएँ । त्यसैले पनि ब्यस्त थिएँ ।

एक दिन त्यसै गरि नाम नभएको नम्बरबाट फोन आयो । फोन उठाँए 'हलो' भनेपछि स्वर चिनि हालेँ । फोन बरुनिकि आमा को थियो । उनि त्यस्तै गरि आत्तिए पछि फेरि होस्टेल पुगेँ । केटाहरु को भिड उस्तै थियो । भिडले होस्टको भान्छा घर तिर औंला ऊठाएर कुरा गर्दै थियो । म पुग्दा बरुनिकि आमा ह्वाँ ह्वाँ गर्दै थिई । मैले के भयो भनेर सोध्न भ्याएको पनि थिईन उनि झन ह्वाँ ह्वाँ गर्न थालिन । अनि केहि सुस्ताएर बुझिने स्वरमा प्रलाप गरिन ।
'बरुनि मरि बाबु । मेरि छोरि मरि ।'

 मलाई बिश्वासै भएन । कथाहरुमा कति छिट्टै मोडहरु आँउछन । घटनाहरु कति छिट्टै फेरिन्छन । म लेख्दा कथाहरु/घटनाहरु लाइ निकै मुस्किलले बुन्छु तर यहाँ बरुनि जस्ताहरुलाई घटना  बन्न बनाउन कुनै गाह्रो नै छैन ।

'त्यस घटना पछि उ केहि उदास त थिई बाबु, बच्चा फ्याँके पछि ऊसको चाञ्चल्यता पनि निकै कमि भएको थियो । मेरि छोरि पाठि जस्ति थिई ।' उनि फेरि भक्कानिदै बोलिन ।

मैले ति घटना हरु सर्बथा सुन्नु बाहेक अर्को उपाय थिएन । म सुनिरहें  । एक गुमनामले जस्तो । उनि बोलिरहिन ।
'त्यस दिन उ सुटिङ्ग बाट फर्किएकि थिई । खुसि देखेंको थिए । आएर मलाई अँगालो हालि अनि भनि आमा, उनिहरुले मलाई सिनेमा खेलाउँछन अरे ! आज एक जना प्रोडुसर आएको थियो सुटिङ्गमा । मेरो उसिनेको आलु खुब मन पर्‍रो भन्दै थियो । तारेको आल पनि खान्छु भन्दै थियो । भोलि उनिहरुले बोला'का छन् । मलाई जाँच्नु पर्छ रे । मेरो अभिनय पनि हेर्छन रे । प्रोडुसर जिस्कँदै थियो भोलि तारेको आलु पनि खान्छ रे ।'

भोलिपल्ट ऊ बिहानै निस्किई । साँझतिर मात्रै फर्किएको थिई । मैले सोधें -‍
'कस्तो गरिस नानि अभिनय? आलु पनि मन पराए क्या ?'
 ऊ भन्छातिर गई । मलाई सहयोग गरि । केहिपनि बोलिन । केटाहरुलाई खुवाई सकेपछि हामि डेरा तिर फर्कियौं । राति नै उसले ऊठेर नुहाएकि थिई । मैले 'के भयो छोरि?' भन्दा ऊसले 'पसिना आएर सुत्न सकिन' भनि । फेरि सोधें -
'सन्चो भएन कि क्या हो ?' उ चुपचाप नहाईरहि ।

'भोलि पल्ट हामि बिहान होस्टल फर्किँदा केटाहरु होस्टलको चौर भरि छरिएका थिए । सबैले कुरा गर्दै थिय । सबैले आ-आफ्नो मोबाईल फोन ऊचालेको हामि आमा छोरि ले देख्यौं । हामि त्यहाँ पुग्नासाथ भिड हामि तिर फर्कियो । त्यहि आत्महत्या गर्ने केटाको साथिले फोन लेराएर बरुनिलाई देखायो । त्यसमा सिनेमा थियो । मेरि छोरिलाई मैले झ्वाट्ट चिनिहाले । बरुनि मेरो काँधमा मुन्टो अडाएर रुन थालि । पुरै होस्टलले मेरि छोरिलाई जिस्कायो ।' उनि धोतिको सप्कोले आँशु पुछ्दै थिईन ।

'कस्तो सिनेमा खेलेकि छोरि तिमिले ! कस्तो फोहोरि सिनेमा ।' उनि रोक्कि रोक्कि बोल्दै थिईन ।

'म खुबै रोएँ । बेहोसै हुने गरि । म ऊठ्दा यहि भन्छामा थिए । त्यो केटा सँगै थियो । उसले भन्यो आमा बरुनि पनि मरि ।' फेरि उनि धोतिको सप्कोले आँशु पुछ्दै थिईन ।

'आँसु आएनन् बाबु । दिक्कार छ मलाई ।  म बेहोस भएपछि छोरि हिँडिछ । तिस्नुमतिको पुलबाट फाल हालिछ । निकाल्नै भ्याएनन् । मरिछ मेरि पाठि जस्ति छोरि ।' अब उनि बोल्न छोडिन ।

 मलाई भाउन्न भयो । म केहि नबोलि त्यहाँबाट निस्किएँ । उनलाइ त्यतिकै रुन छोडेर । आखिर म आफन्त पनि थिईन । र मलाई मेरो शहरले कठोर पनि बनाई सकेको थियो । केहि दिनपछि उनले फेरि फोन गरिन यस पटक मैले नम्बरमा नाम पनि लेखेको थिएँ । 'बरुनिकि आमा' भनेर । उनि गाँउ फर्किने भईछिन । मलाई मेरो सहयोगको लागि धन्यबाद भन्न फोन गरेकि थिईन । मैले प्वाक्क अर्ध बेहोसिमा 'सफलताको शुभकामना' भनिछु । मैले यात्राको कामना भन्न खोजेको थिए । उनलाई मेरो बहोसिले के अर्थ दियो थाहा भएन । अर्को दिन म भ्रान्तिपुको अफिस गएँ । मेरो नयाँ लेख दिएँ । त्यस लेखको लागि तुरुन्तै भुक्तान पाएँ । केहि दिन पछि अलि स्पष्ट रङ्गिन अक्षरमा कथा छापिएछ । 'बरुनिको सिनेमा' सिर्षकमा । मैले पत्रिकाबाट मेरो त्यो लेखको टुक्रा निकालेर खाटको सिरानि माथि टाँसे र त्यसमाथि रातो साईन पेन ले फेरि बरुनिको सिनेमा भनेर थपिदिएँ । शिर्षक अझै गाडा भएर खुल्यो ।