कहीलेकाँही, चुपचाप यामीनीलाई बुझ्ने गर्छु
एक्लो रातमा मेरो सहभागीता
आकासलाई अनौठो लाग्छ रे ।
चिसो रातमा
छोपारो संगै लुकामारी खेल्दा
घोप्टीएर हरियो चिसो दुबो माथी
मलाई थाहा छ,
यहाँ सिपालु चन्द्रमाको उज्यालो मात्र छ ।
पानसभरी रङ्ग बोकेर, उ धर्तिमा ओर्लीदा ।
मेरो लुक्ने ठाउँहरु नै हराउँछन् ।
लज्जाबती लजाएर मेरो कुममा छेल्लिंदा

प्रेमको उद्घाटन गर्न ब्यस्त हुन्थे ।
एस्तै अध्याँरोमा मैले उज्यालोलाई मनाएको थिंए ।
अजुली भरी सपना सजाएर
मैले प्रेम प्रस्ताब राखेको थिएँ ।
अबेर गरेर अस्ताएको आकास
मलाई ढाडस दिँदै हुन्थ्यो ।
शितहरुले साक्षी बसेर, हवाको बहाब संगै ।
बोकेको कानेखुसि खबरमा बिस्वास थियो ।
चन्द्रमाको अग्रसरतामा,
शितलताको अभिराम सौन्र्दयमा
लयालु उपकारी प्रेम सन्देशहरु
मेरो काखमा पोखिएको थियो ।
उठाएर सिउँदो केही तिनै परिभाषाहरुले ।
सजाएर प्रेयसीको आँचलमा कुनै चच्चलता ।
त्यसै दिन भनेको थिएँ ।
हिड स्वर्ग टाढा छैन । तिम्रो साथमा
कनै चकोर गाढा छैन ।
झरिको टिपटिप बुँदहरुलाई छिवँलेर
तिमी सम्म पुर्याएको एउटा संदेश
म आभारी छु, मेरो मायाको प्रस्ताब
चन्द्रमाको शितलतामा तिमीले सुनेकी थियौ ।
कुनै त्यस्तो प्रकास छैन तिम्रो बराबरीमा
तिम्रो प्रेरणिय बहुबाक्यहरु
अझै मेरो बगैंचाको घाँसहरुमा
संबाद गर्ने गर्छन ।
त्यसैलेत,
चन्द्रमाले बयान गरेको दिन
म बार्दलीबाट निस्कीएर, तिम्रो स्वर अनुभब गर्छु ।
तिम्रो अनुपस्थीतीमा अघमरो बनेको निमेषभर
आज कल्पना गर्छु, तिमी र्फर्कीएर आएको ।
हातभरी बेलौती लिएर उभिएकी
तिम्रो सक्रीएता, मेरो मुटुमा अझै कायम छ ।
म निदाएँ भने पनी तिमी आउ
ठिकै छ, आज बार्दलिको झ्याल खुल्लै छोडेको छु ।