'पाप धुरिबाट कराउँछ भनको एहि हो' । काखे छोरो एक्कासि च्याँठि्यो । 

उसले सपना देखेको रहेछ । श्रिमतिलाई ब्युँझायो । पानि माग्यो । काखे छोरो मस्त निद्रामा खुट्टा फालेर सुतिहरेको थियो । उसले पानि घटघट पियो । फेरि पल्टियो । निदाईहाल्यो । 
भोलिपल्ट दिनभरि ट्याक्सी चलाएर उ साँझ घर फर्कियो । श्रिमति सुनको साग पकाउँदै थिई । उ कोठामा छिर्नासाथ उत्साहाले करायो । 
'बुझिस जोई, आजपनि एक जनालाई छप्काएँ । मनग्य सम्पति हात पर्यो' । उसले पोका श्रिमति तिर फुकाउँदै भन्न थाल्यो । श्रिमति दौडिएर पोकातिर आई । पोका भित्र हात हालि । पैसाको बिटा, मोबाईल, फोन, सुनको सिक्रि, आईफोन, हिराको हार, भर्खरै क्याबिनेट बाट पास भएको अति गोप्य फाईल, फलाना योजनाको कमिशन सम्झौता पत्र, कन्डमका प्याकेट .... के के हो के के । त्यस रात पनि उनिहरुले सुनको साग सँग टन्नै भात खाए । एक एक पेग ह्विस्की पिए । उसले चुरोट च्याप्यो । श्रिमतिले सलाई कोरिदिई । 




'बुझ्यौ पोई । भोलि पनि यसै गरि मान्छे मार । मनग्य सम्पति हात लाग्छ । खुब रक्सि पिउन पर्छ । छोरालाई ठुलै भएपनि मान्छे चाँहि बनाउनै पर्छ' । श्रिमतिले पोईको जाँगरमा उत्प्रेरणा थपिदिई । 

भोलि पल्ट त्यसै भयो । उसले दुई जनालाई छप्कायो । अघिपछि भन्दा मनग्य सम्पति हात पनि पर्यो । श्रिमति सँग बसेर रातभरि टन्न रक्सि र सुनको मासु भात खायो । यसरिनै चक्र फनफन घुमि रह्यो । काखे छोरो अब लाठे भयो । छोरो रातभरि घुम्छ । केटिहरुलाई लम्पट बनाउन थालेको छ । एक दिन उ रित्तै घर फर्कियो । स्वास्नि रन्किई । 'खै पोका ? आज मान्छे किन मारेनौ ? मनग्य धन किन लेराएनौ'? 
उसले केहि जबाफ दिएन । चुपचाप कोठा भित्र छिर्यो । छेस्किन लगायो र सुतिहाल्यो । त्यस रात उनिहरुले रक्सि पिएनन् । सम्भोग पनि गरेनन् । उसले त्यहि रात आफ्नो छोरालाई रेटिदिएछ । अँध्यारोमा उसले भुल गर्यो । छोराको अनुहार खुट्याउन सकेन । बिहानै स्वास्नि जङ्गिई । छोरो किन बिहान सम्म फर्केन भनेर । उ ट्याक्सी लिएर केहि नबोलि निस्कियो । दिनभरि खालि ट्याक्सि शहर भरि घुमाई रह्यो । साँझ एउटा बारमा छिर्यो । खुब रक्सि धोकयो । मज्जैले लाग्यो  पनि । टिभिमा उसले ब्रेकिङ्ग न्युज देख्यो । दुनियाँ भरको लागि अचम्मको खबर भनेर टिभी पत्रकारहरु घोक्रो फुलाई रहेका थिय । "सुनको हड्डि अड्किएर आईमाईको मृत्यु" भन्ने खबर टिभीले बजाईनै रह्यो । ऊसले तुरुन्तै कुरा बुझ्यो । त्यो आईमाई अरु कोहि नभएर उसकै आईमाइ थिई । उ बार बाट निस्कियो । उसले रित्तो ट्याक्सी रातभरि घुमाई रहने बारे सोचिरह्यो । मध्यरातमा एक जना पुरुष पात्रले उसको ट्याक्सी रोकायो । उसले ट्याक्सीमा पेट्रोल सकिएको बहाना गर्यो र जाँदिन भन्यो । त्यस पात्रले आफ्नो श्रिमति हस्पिटलमा छ, आक्समिक कक्षमा राखीएको छोटकरि ब्यहोरा सुनायो । पात्र ट्याक्सी भित्र घुस्यो उसले  निकै ठुलो भारि बोकेको थियो । त्यो डिग्गीमा राख्न लगायो । अँध्यारोमा पात्रको अनुहार हेर्ने उत्कण्ठा पनि उसले राखेन । उसले ट्याक्सी लाई बेतोडले महाराजगंज तिर कुदाउन थाल्यो । उनिहरु बिचबिचमा कुरा गर्दै थिय । 
पात्रलाई सोध्यो । 'के भयो श्रिमतिलाई'  ? 
उसले भन्यो — 'हड्डि अड्कियो । तर उ मरिसकि । लास लिन जान थालेको' । 
फेरि पात्रलाई सोध्यो । 'घर कता हो'? 
पात्रले भन्यो । 'धोबीधारा' । 
उसले भन्यो 'मेरो पनि धोबीधारा नै हो' । 
पात्रलाई उसले फेरि सोध्यो । 'नाम के हो' ?। 
'उहापोह' ऊसले भन्यो । 
'मेरो पनि उहापोह नै हो । सँयोग पनि कस्तो । तपाँईको उचाई पनि मेरो जत्तिकै छ । आबाज पनि उस्तै रै'छ होईन?'— उसले सोध्यो । 
ड्राईभरको टाउको माथिको सिसाबाट पछाडि बसेको उहापोह लाई नियाल्यो । उ रुँदै थियो । उसले त्यो आफ्नो अनुहार बेस्मारि फुलेको र रोईरहेको देख्यो । उसले आफ्नो उहापोह सँग आँखा जुदायो । उ खुब सँग आत्तियो । उसले आफ्नै शरिर बोकेर कुदिरहेको रहेछ । उसले ट्याक्सी अझै कुदायो, अझै कुदायो, अझै कुदायो ... । एउटा लामो गाडि सँग ट्याक्सी जुध्यो । उहापोहको ट्याक्सी पुरै कच्याककुचुक्क भयो । 

भोलिपल्ट बिहान प्रहरिहरुले उसको लास कुच्चिएको ट्याक्सी बाट निकाले । सँगै हजार किलो सुन बरामद गरे । त्यो पछाडिको डिग्गी मै थियो । त्यो उसैले लुकाएको थियो । यो समाचार अहिले बिश्वभरि फैलिसकेको छ । र पाठकहरुले पनि उहापोहको कहालि लाग्दो अन्त्य देखे । 

आजकाल राति ट्याक्सी ड्राईभर हरु दोब्बर तेब्बर या अझ बढि भाडा लिएर आ-आफ्ना ग्राहाकहरु ओसार्छन् । र अझै एउटा हल्ला सुनिन्छ ट्याक्सी ड्राईभरहरुले राति काठमान्डुको गल्लीहरुमा उहापोहलाई लिफ्ट माग्दै गरेको देख्छने रे ।