तिम्रो अस्पष्ट स्मृती
त्यसैलेत,
सपना बाट ब्युँझीएर
म सपना खोज्छु ।
मैले बिर्सिएको भए
मलाई संझाउ,
तिम्रा ओठहरु कसरी चुम्थे ।
चित्रण गर मेरो आभाषलाई
हिनताको बिभेद टाडिने छ ।
मलाई माफ गर !

मैले बिर्षीएको भए
तिम्रो शरिरको सुगन्ध ।
तिम्रो चञ्चलता
तिम्रो आदिमता ।
त्यसैले त,
मैले बिर्सिएको भए
मलाई संझाउ तिम्रो,
अनुहारको नैनी आभा ।

प्रत्येक पला,
मेरो मानसपटलमा
बहिरहने तिम्रो बिपुलता
अनपेक्षीत,
क्षितिजको अज्ञानतालाई चिर्दै
सोध्ने गर्छु मेरो मायाको बसाई ।
आकुलता नथामीदा,
मलाई बुझाउने गर्छन
क्यातुके र सिस्नुका बोटहरुले नि ।
तिम्री माया,
त नबिझाउने काँडा हुन् ।

सौहार्द प्रेमको कल्पनामा
कथेका गाथागीतहरु
तिमीलाई सुनाउन,
एउटा बाजा थपेको छु ।
सुन
ह्ृदयले निकालेको मुक आवाज
जहाँ शब्दहरु पनी चुपचाप छन् ।
त्यसैलेत,
हर्षको चौतारीमा
लल्याक लुलुक गलेर ।
मैले गाएको गित सुन्दा,
भ्याउँकीरीहरु लठ्ीएका ।