पटाहामा बसेर
बुढि आमा जिन्दगी नियाल्दी हुन् ।
झुक्कीएर हाँसिन भने
पुर्बस्मिृतीको दोभानमा बर्षा हुन्छ ।
उनका चिम्सा आँखा भित्र
लुकेका मिथ्या बासनाहरु
नर्फकिने गरि दबेका छन् ।
शरणको आशुँ पोखाएर
दौनीक मजदुरी चुकाउँछिन् ।
म उनको आँशु भित्र
कुमुदिनीको बास्ना खोज्छु ।
म उनको हाँसो भित्र

अझै जिबीत पदार्थ खोज्छु ।
तर,
काँपेको मनोबिलास
उनलाई दर्जाहिन बनाउँछ ।
उनि दिउँसभरी पटाङ्गीनीमा
सपना सुकाएर बस्छिन् ।
ओहोरदोहर गर्ने बटुवाहरुमा
चिनजानको अनुहार खोज्छिन् ।
उनी तयार छिन् जिन्दगी सुनाउन ।

उनलाई बिश्वास छ ।
प्रत्येक हावाले,
आफन्ती सुवास बोकेकोछ ।
उनि हाँस्छिन, मलाई थाहा छ ।
हाँसोको भद्रगोलमा
एउटा भद्धा बिश्वास अझै छ ।
त्यसैलेत
कहिले निलाञ्जला लगाएर
उनी दिन भरि बाटो कुर्छिन
सन्तानले फर्कीएर हेरुन् यतै ।
उनकी आमा अझै बाँचेकी छिन् ।
नुतन आँशु लिएर,
जुन तप्कीएर चिउँडो मुनी पुग्दा
फरी,
अनायस,
उनलाई रहर हुँदो हो ।
एकबाजी फेरी जिन्दगी बाँच्ने ।
उनलाई आशा हुँदो हो
फेरी एकचोटी सपना देख्ने ।
तर,
जिन्दगीको धुत्कारमा
अब अबहेलना पचाउने सामथ्र्य छैन ।
उनी अन्तीम पृष्ठमा छिन् ।
उनलाई थाहा छ
उनको भगिरथ चाहाना
कुन मसिले लेखीएको छ ।