प्रिय सुनगाभा
तिमीलाई कतै सुनेको थिँए
तिमीले बतास संग पठाएको संदेशहरु
सुबासले प्रपन्च मिलाएर
मेरो ह्ृदयमा बसाँई सरेको थियो ।
तिमीलाई याद नहोला
मेरो बाटो काटेर कती पटक
तिमीले आफै संग छल गरेकी थियौ ।
आज, हिजो अनी अस्ति
मैले खुब सँग खोजेँ
तिम्रो जादुगरी मुस्कान
जहाँ,

जप, ध्यान र तपस्याको
दियालोले तिम्रो छाति सिंगार्दै थियो ।
हुन सक्छ
तिमीले कतै मलाई भेटेकी थियौ
हुन सक्छ
हामीले कतै कुरेका थियौं ।
प्रिय सुनगाभा
तिमीलाई पहिल्यै कतै सुनेको थिँए
तिमीलाई कतै चुमेको थिएँ ।
तिमीले बतास संग पठाएको संदेशहरुले
हेर अझै बाँचेको छु ।
तिमीले पठाएको सुबासहरुले
हेर आर्तनाद पुरिएको छ ।
हामिलाई याद नहोला प्रिय ।
तर,
हामीले कयौं पटक
एक अर्काको बाटो काटेका थियौं ।
हुन सक्छ काठे पुल मुनी
हुन सक्छ संग्राहालय को बरिपरी
हिजो, आज अनी अस्ति
मैले खुब संग खोजे
तिम्रो पाईतालाहरु
तिम्रो स्वरहरु,
तिम्रो साँहास र पैरबीहरु
तिमी कतै लुकेकी थियौ ?
या कतै मलाई कुरेकी थियौ ?
तिमी त प्रद्मोत थियौ
आफ्नै प्रधान श्रृंगार बाट
मैले आफुलाई प्रत्यासी प्रेमी मान्न पुगेछु
त्यसैले मेरो छेउछाउको प्रदोषमा
तिम्रो प्रेमील लाली खोज्न पुगेछु
आउ,
मेरो प्रश्वासमा
तिमीले मान्ने ब्यथाहरु
आज निर्मुल भईसकेका छन् ।
मेरो स्पर्श बिर्सन नखोज
तिम्रो ओठमा खोल्ने बयेली
मेरो चुस्त हातहरुको
कम्पनले सिर्जना गर्थे ।
आउ तिमीलाई स्वागत छ ।
तिम्रो उपस्थीतीले
प्रतिक्ष्याको मुस्कान बदलिने छ ।