समयको बिशाल तबेला
जहाँ घोडाहरु देखिँदैनन् ।
रित्तो प्रांगणमा,
म डुलेको संझनमा छ ।
यथेष्ट रहरहरु बोकेर
यथेष्ट खुसिहरु बोकेर ।
म माथि फिंजारीएको निलो आकास,
मलाई छोप्न उद्यत देखिन्छ ।
मेरो लामो सुस्केरा,
सुनेर उ गर्जीन्छ ।
सुनेर उ बर्सिन्छ
म निकै बेर नाच्छु झरिमा
तर,

मलाई संझना छ ।
दुखको टाट्नामा पछारिएको छु ।

दुखको सवारीमा
चोक चोकमा मलाई सोध्ने गर्छन ।
मेरो गुत्त किन्बदन्ती ।
मलाई पनि संझना भएन
मेरो च्यातिएको आङमा
अभिभुत उदासि कहिले देखीयो ।
एउटा सहर,
म माथि चिच्चाउँछ ।
तिक्त्तता बोकेर हाँस्न खोज्छु
तर,
बटारीएका ओठहरुले
लम्बेतान कहानी सुनाउँदैन ।
हो ।
म दुखी भएकैले हो ।
उमंगका हातहरु कुँजिएका छन् ।

म मात्र उपस्थिती हुँ ।
यो सहरमा ।
यो भिडमा ।
नितान्त एक्लो उभिएको ।
म माथि बिरलै आखाँ लाउनेहरु
धर्म खोज्छन् रे
प्रेम खोज्छन् रे
सौभाग्य थुनिएको मन्दिरहरुमा ।
तर,
एकाध दृष्टि छोडेर ।
अनभिज्ञ रहन्छन् अभिजातहरु ।

शहरमा मन्चन गरिएको नाटकमा
मरो भुमीका मुख्य छ ।
मैले सुत्ने सडक पेटीमा
एउटा सपना टाँगिएको छ ।
भयको सुचना अबेला पाउँछु ।
खैर१
म दुखि छु ।
शहरको रित्तो तबेलामा ।