यो कहिलेको कथा हो ? - कथाकारलाई सोधियो ।
निकै अघिको ।
निकै अघिको ? -अब प्रश्नकर्ताले फेरि सोध्यो ।
अँ । निकै , निकै समय अघिको  । -कथाकारले फेरि भन्यो । त्यसपछि ऊसले प्रकिति पत्रमा कलम कोर्यो ।

साताको अन्तमा अदालतमा फेरि बहस भयो । यसभन्दा अघिपनि निकै वटा बहस सकिसकेको थियो । आजको यो बहस अन्तिम हुनेकुरा अघिल्लो कार्बाहिमा न्यायाधीसले भनेका थिय , त्यसैले अदालत बाहिर गरिबहरुको ठुलो भिडभाड थियो । पत्रकारहरुको ठुलो लाम थियो । सबैको कान आजको बहसमा अडिएको थियो । संसारभर बाट पत्रकारहरु त्यहि बहसको लागि नेपाल आएका थिय । यस बहसको प्रत्यक्ष कार्यक्रम टेलिभिजनबाट संसारभर प्रसारित हुँदै थियो । लगभग यो बिश्वकै बहस थियो । बिश्वकै मुद्द थियो । गरिबहरुको बिशेष मुद्दा थियो ।


अदालत भरिदैँ गयो, मानिसहरुको घुँईचो बढ्दै थियो । सहरमा आवतजावत गर्ने बाटाहरु बन्द भैसकेका थिय । ठुलाठुला टेलिभिजन सेटहरु चोक चोक मा राखीएको थियो । मानिसहरु घुँईचो गरेरे त्यस्ता टेलिभिजन चोकहरुमा उभिएका थिय । संसार का सबै प्रसिद्द चोकहरुमा मानिसहरु त्यहि बहसको निर्णय सुन्न आतुर भएर उभिएका थिय । त्यो  ठुलो जमातले अर्काथरि ठुलो जमातलाई औडाहा, बिचलन, संशयात्मक को अबस्थामा घकेलि रहेको थियो । त्यो ठुलो जमात भने घर घरमा बसेर टेलिभिजन हेर्दै थिय । उनिहरुको उपस्थिति अदालतमा थियन । मुद्दा उनिहरु बिरुद्दकै थियो ।


भिडबाट एउटा पुरुष करायो । उसको काँधमा उसको छोरि झुन्डिएकि थिई । मैलो कपडा, लट्टा कपाल र भद्दा शरिरको त्यो पुरुष सबलाई धकेल्दै अगाडि गयो र करायो  - ‘यो मानब ईतिहाँसकै सबैभन्दा ठुलो मुद्दा हो । हाम्रो मुद्दा । गरिब हरुको मुद्दा ।‘ उसले मुठ्ठि कसेर हावामा हात फैलायो । सबैले त्यसै गरे । मठ्ठिको उर्मि स्वात्तै भिडमा फैलियो । हातहरु हावामा उचालिए । भिड करायो – ‘जित हाम्रै हुन्छ ।‘

भित्र बहस सुरु हुन थाल्यो । नायाधिस अदालत भित्र पसे । क्यामेरा हरु अदालत तिर तेर्सियो । अभियुक्तलाई कठघरामा ऊभ्याईयो । भोटे साङ्गलो ले अभियुक्तलाई जकडेर कठघरामा बाँधियो । न्यायाधिसले काठको मुङ्ग्रो ड्वाङ् ड्वाङ् ठोके । पिन ड्रप साईलेन्स अदालतमा फैलियो । न्यायाधिसले ठुला ठुला बल्ड्याङ्ग्रा आँखाले अभियुक्तलाई पुलुक्क हेरे र भने । अघिल्ला कार्बाहिरहरुमा हामिले पर्याप्त प्रमाण हरु जुटाई सक्यौं यस बहसमा अभियुक्तलाई कार्बाहि सुनाईने छ ।
तालिको गडगडाहटले पुरै शहर गुन्ञीयो । अदालत बाहिर बस्नेहरुले चर्को सँग थप्पडि पिटे ।
‘लेखक महोदय मुद्दा चाँहि किन हालियो ?’ - प्रश्न कर्ताले फेरि सोध्यो ।
‘मुद्दा हालिनु भन्दा अगाडि । निकै, निकै समय अगाडि यस्तो भयो ।‘ - लेखकले फेरि प्रकिति पत्रमा कलम कोर्यो ।
एउटा रोग भोक अमर्यादाता , अपर्याप्तता, गरिबि , शोक , पिडा जलन को बस्ति थियो । मानिस हरु दिनभर काम गर्थे । कमाई न्युन हुन्थ्यो । खान पुग्दैन थियो । बस्तिका केटाकेटिहरु भोकै सुत्दथे । शरिरमा पर्बहरु बाहेक लुगा हुँदैन थियो । ऊनिहरुलाई सुख-सुबिघा/भोजन/मोज मज्जा को कुनै पनि कुराहरु थाहा हुँदैन थियो । एक लोटा तेल कमाउन उनिहरुलाई महिनौं दिन काम गर्न पर्दथ्यो । ठुला ठुला फ्याक्ट्रिहरुमा उनिहरुलाई गधा गोरु जस्तो जोताईन्थ्यो । धनि पदाबलिहरु एकातिर बस्थे भने गरिब पदाबलिहरु अर्को तिर । अभाबले ग्रस्त त्यो बस्तिमा एक रात एउटा घटना घट्यो ।

भोगबिलास उनिहरुको त्यहि गरिब बस्ति हुँदै धनि पदाबलिहरु भएतिर गयो । भोगबिलासले गरिब बस्तिको कुनै दुर्घटनालाई देखेन । भोगबादिको बस्तिहरुतिर जाँदा भोगबिलासलाई कुनै संकोच लागेन । त्यस रात भोगबिलास त्यहि गरिब बस्ति हुँदै जाँदै थियो । सँयोगबस गरिब पदाबलि राति आँगनमा थुपारेको धान रुँगेर बसेको थियो । उसले भोगबिलास आफ्नो बस्ति हुँदै निस्केको तर आफ्नो बस्तीतिर कुनै ध्यान नदिई हिँडेको हुनाले भोलिपल्टै नगर अदालतमा मुद्दा दायर गर्यो । त्यसपछि भोगबिलास बिरुद्दको मुद्दा सर्बोच्च अदालत सम्म पुग्यो । एक हिसाबले यो मुद्दा आबश्यक पनि थियो । धनि पदाबलि हरुले भोगबिलासको एकलौटि उपभोग गरिरहेका थिय । मुद्दा हालिनु यहि एउटा कारण पर्याप्त थियो । यसरि भोगबिलास बिरुद्द मुद्दा हालिनु धनि पदाबलिहरुको लागि ठुलै धक्का भयो । मुद्दा फिर्ता लिन धम्किहरु आए । गरिबबस्तिहरुमा हमला पनि भयो । निकै ठुलो सँख्यामा गरिब पदाबलिहरु मारिए । तर मुद्दा कसैले फिर्ता लिएन । त्यसैले पनि यो मुद्दा प्राकितिक तबरको अप्राकृतिक लाग्ने मुद्दा थियो ।

‘अदालत ले के फैसला सुनायो ?’ - प्रश्न कर्ताले फेरि सोध्यो ।
‘त्यसपछि…’ — लेखकले फेरि प्रकृति पत्रमा कलम कोर्यो ।
त्यसपछि न्यायाधिसले अभियुक्तलाई प्रश्नहरु गरे । बाद प्रतिबाद हरु भए । निर्णयमा पुग्नु जटिल थियो । वकिलहरुले आ-आफ्ना पक्ष बाट बचाउ गर्दै थिय ।
न्यायाधिसले अभियुक्तलाई भने- ‘आफ्नो परिभाषा बताउ ।‘
‘शारारिक वा ईद्रियजन्य रुपमा हुने सुख सुबिधाको अधिक भोग, ऐस आराम, मोज मज्जा’ — अभियुक्तले आफ्नो शब्दार्थ बतायो ।
‘ठिक भन्यौ’ । न्यायाधिसले भने । ‘हो अधिक भोग गर्ने अधिकार कसैलाई पनि छैन । नैतिकताले पनि दिँदैन । तिमिलाई एकलौटि धनि पदाबलिहरु तिर जाने कुनै अधिकार छैन । के तिमिलाई आफु गरिब पदाबलिहरुको लागि पनि सृष्टि गरिएको हो भन्ने लागेन ?’  -न्यायाधिसले बुढो जुँङ्गा उचाल्दै भने ।
यसपटक अभियुक्त पक्षको वकिलले बचाव गरेर बोल्यो । श्रिमान, पहिलो कुरा त यो मुद्दा नै अब्यबहारिक/अप्रचलित र हाँस्यासप्रद छ । त्यसैले पनि यो मुद्दा खारेजि गरि पाउँ र मेरो ‘पक्ष’ को पक्षमा फैसला सुनाईयोस भन्ने चाहान्छु ।

त्यसपछि लगत्तै धनि पदाबलिहरुले जोड जोडले तालि पिटेको आवाज सुनियो ।
न्यायाधिसले काठको मुङ्ग्रो फेरि बजाए । अदालत एकदम शान्त भयो । एकै छिन पछि न्यायाधिसले फैसला सुनाउने तयारि गरे र बोले ।
‘पर्याप्त प्रमाणहरु को अध्यनबाट र सबै भेटिएक प्रमाणहरु अभियुक्त बिरुद्दको पाईयो । त्यसकारण अभियुक्तलाई मृत्यू दन्डको फैसला सुनाईन्छ ।‘
अदालत भित्रबाटै एक जना गरिब पदाबलि उठ्यो र करायो । ‘होईन श्रिमान यसलाई मृत्यु दन्ड दिईनु हुँदैन । यो प्रकृति बिरुद्दको फैसला हुनेछ । यदि भोगबिलासलाई यसरिनै अन्य गरिदिने हो भने बाँकि गरिब पदाबलिहरुले भोगबिलासको सुखभोग कहिल्यै गर्न पाउने छैनन् । त्यसैले श्रिमान यो सजाँयमाथि पुर्नरबिचार गरियोस । बरु भोगबिलासलाई दुबै पदाबलि तिर समान रुपले भागबन्डा गरियोस ।‘

यो कुरा सुनेर सबै गरिब पदाबलिहरुले एक साथ फेरि जोडजोडले तालि पिटे । समर्थन जनाईयो । न्यायाधिसले त्यस दिनको कार्बाहि सकिएको र अर्कि मितिमा पुर्नबिचार गरि फैसला हुने कुरा सुनाएर बाहिरिए ।
‘त्यसपछि…..’ — प्रश्नकर्ताले उत्सुक भएर फेरि सोध्यो ।
त्यसपछिको अर्को दिन न्यायाधिसले भोगबिलासलाई समान भागमा बिभाजन गरि गरिब र धनि पदाबलितिर जानु भनेर निर्णय सुनाए । र यदि यो ब्यबहारमा कार्यन्वयन नगरेमा हिजो गरिएको फैसलालाई पुन दोहोर्याउन सकिने चेतावनि समेत दिए ।

त्यसपछि प्रश्न कर्तले गम्भिर भएर भन्यो — ‘म त सुन्छु अदालतमा भोगबिलास बिरुद्द फेरि मुद्दा दर्ता गर्ने प्रक्रिया चल्दै छ रे ।‘
लेखक त्यपछि मौन रहे ।
प्रश्नकर्ताले फेरि प्रश्न गर्यो — ‘त्यसो भए लेखको हत्या किन भयो ?’
 लेखक त्यसपछि पनि मौन नै रह्यो ।
तर गरिब पदाबलिहरुलाई थाहा थियो , लेखको हत्या किन भयो भनेर । किनकि प्रश्नकर्तालाई थाहा थियो लेखकले फेरि मुद्दा दर्ता गर्दै छ भनेर ।


त्यसपछि आजसम्म यो मुद्दाको फैसला सुनिएको छैन । र यो पनि बुझिएन कि यो मुद्धा फेरि ईतिहासको पन्नामा हालियो कि हलिएन । पाठकहरुले फैसला सुन्नु भएको भए फैसला के भयो भनि उल्लेख गरिदिनुहोला ।