अस्ति शुक्रबार सार्बजिक बिदा परेको हुनाले आज आईतबार सरकारि कार्यालय अति भिडभाड छ । मानिसहरुलाई जति सक्दो छिट्टै काम फत्ते गरेर निस्कने ईछ्चा हुन्छ । जे गरेर भएपनि । जति सक्दो छिटो ।

एउटा केटा मेरो कोठा भित्र छिर्यो र भन्यो- 'सर मेरो यो काम अस्ति देखी रोकिएको छ' ।
मैले भनें — 'हुन्छ । अर्को मंगलबार बुधबार तिर आउनु सकाएर राखिदिउँला'।
'होईन सर हतार छ । त्यसरि काम अड्काउनु भएन' । केटाले अति बिनय बनेर भन्यो
मैले भनें -'काम सकाउन त मलाई पनि हतार छ' । म झर्किएको उसले बुझेछ क्यार भन्यो 'सर त्यसो नभन्नुस' ।
'ल ठिक छ । छिटो सक्न मेरो पनि काम गरिदिनुहोस' । मैले उसलाई दृढ भएर भनें ।


उसले मलाई केहि रकम दियो । मैले काम सकिदिएँ । उ फटाफट कोठाबाट निस्कियो । तत्कालै । जस्तै बिजुलि झट्कामा चार जना एकै नाश एकै आकार लाग्ने मानिसहरु कोठा भीत्र छिरे । तिनिहरु कतैबाट झ्वाट्ट प्रकट भएजस्तो देखीन्थे । मैले उनिहरुलाई सिधा आँखाले हेरें । एउटाले तुरुन्तै मेरो कन्चटमा पेश्तोल राख्यो । सँगै आउने एउटाले भन्यो हिड्नुहोस तपाँई सँग काम छ । म सँग प्रतिकार गर्ने हिम्मत रहेन । म उनिहरु सँग लुरुलुरु पछि लागें । ऊनिहरुले लगभग जङ्गल जस्तो लाग्ने बाटो बाट पौने एक दिन हिँडाएर यस्तो  ठाँउमा लेराए जहाँ जिबनको सम्भाबना कमै हुन्छ । फिक्सन मुभिहरुमा जस्तो यानिमेटेड जस्तो लाग्ने अतिनै भयानक ठाँउ थियो । उनिहरुले मलाई एउटा ठुलो घाँसे मैदानमा बसाए । मैले उनिहरुको अनुहार हेर्न सकेको थिईन । हेरेको भएपनि कसैको अनुहार बाट त्यो नकाब हटेको थियन होला शायद । वरिपरि देखीने ठाँउ एकदमै निर्जन र एकान्त थियो । ईश्वरले सृजना नगरेको जस्तो एकदमै, एकदमै निर्जन जस्तो ठाउँ ।

 सबै हातैले कोरिएको जस्तो । चार मध्य एकले कोदालि दिँदै भन्यो 'ल यहाँ खन्नुहोस । आफु अटाउने खाल्टो हुनु पर्छ' । मैले बिना कुनै बादबिबाद वा प्रतिप्रश्न खाडल खन्न सुरु गरें । करिब करिब आधा मान्छे अटाउने खाडल भए पछि मैले भने म एकछिन आराम गर्न चाहान्छु । दाँयातिर उभिएको एउटाले भन्यो किन आराम  जति सक्दो छिटो गर । हामिलाई पनि हतार छ । मैले फेरि खन्न सुरु गरें । बाया तिर उभिनेले त्यसै गरि भन्यो । यसलाई छिट्टै गाड्नु पर्छ । मेरो हंशले ठाउँ छोड्दै थियो । म डराउन र काप्न थालेको थिए । मैले आफु अट्ने खाडल तयार गरें । उनिहरु सबै मिलेर मलाई एकै झम्टामा खाडल भीत्र हुत्याईदिए र निमेष ढिला नगरि माटोले पुरिदिए ।

मेरो सास फुस्कँदै छ जस्तो लाग्यो । बेलुनमा हाबा फुस्के जस्तो । मैले सोंचे यिनिहरु फर्के होलान । मलाई जुन बाटो लेराएका थिय त्यहि बाटो गफ गर्दै फर्किए होलान वा रमाईलो गर्दै फर्किए होलान । के यिनिहरुलाई बाटोभरि मेरो अभाभ खड्किँदैन होला । मेरो चित्कार मलाई पुरेको खाडलभरि फैलियो । चिटचिट पसिनाले शरिर भिज्दै थियो । पसिनाले माटो समाउँदै थियो । मलाई आफु मरें भन्ने निश्चित भैसकेको थियो । मैले यति सोचि नस्कदै उनिहरु फर्किए जस्तो लाग्यो । उनिहरुले मलाई पुरेको ठाउँको माटो पन्छाउन थाले । मलाई निमेष भरमै फेरि बाहिर निकाले । तर अचम्म पुर्न जति समय लागेको थियो त्यो भन्दा धेरै, धेरै नै छिट्टो पुनर्जिबित पनि गराए । मैले सोचेजस्तो उनिहरु एक आपसमा गफ गरिरहेका थिएनन् । कोहि कसैले एक अर्का को अनुहार हेरि रहेका थिएनन् । गजब को सुनसान थियो । सन्नाटा थियो । मालई त्यहिँ छोडेर उनिहरु अर्न्तरध्यान भए जस्तो गरि बिजुलि गतिमा अकस्मात गायब भए । मैले फेरि पुरै पौने एक दिनको बाटो एक्लै फर्किनि पर्ने भयो । मलाई ज्ञात भैसकेको थियो मैले मेरो गल्ति एक झट्कामै बुझ्ने अबसर पाएँ । भनौं जिबन बक्सिस नै पाएको थियँ । धुनधान थकाई लागेको थियो । शरिर गलेको थियो । 

त्यो केटा म अगाडि उभिई रहेकै थियो । मलाई भन्यो सर को जिउमा एति धेरै पसिना किन ? माटोमा लड्नु भए जस्तो हिलै हिलो देख्छु । स्याँ स्याँ गर्दै हुनुहुन्छ । के काम गर्नु भयो र । भर्खर छिर्दा यस्तो देखिनु हुन्न थियो । मेरो काम सकिदिनु पर्यो अलि हतार नै छ  ।

आश्चर्य । हो मेरो जिउमा हिलो, पसिना थियो तर थकाई भने बिलकुलै थिएन । म कतै गएकै थिईन जस्तो । मैले उ तिर हेरें । हातको कागज मागें र काम सकिदिएँ । अघि साक्षात्कार भएका उरन्ठ्याउला  केटाहरु जस्तो उ पनि त्यसै गरि अन्तरध्यान भयो । मैले उसलाई गएको चाहिँ देखिन ।