निदाएकि बखता बुढीले सपना देखी।
'ठिकै भयो उमेर पुगेरै बिती'— पल्लो घरको छिमेकिले भन्यो।
'साह्रै बेश मान्छे थिई बखता'— तल्लो घरको छिमेकिले सहि थाप्यो।
'भोलि बुढाको श्राद्द थियो, आजै बितिछ बिचरा!' — पल्लो गाँऊको ले भन्यो।
यसरि वल्ला घर पल्ला घर वल्ला गाँउ र पल्ला गाँउका मानिसहरुको भिड बखताको आँगनमा लागेको थियो। सबैले बखताको श्रद्दान्जलीको लागी एक दुई शब्द खर्चिरहेका थिय।
नजिकै बसेकि कलिलिको रुँदा रुँदा आँखा फुलिसकेका थिए। ऊ वखता बुढिको खुट्टा नजिकै घोप्टिएर बसेकि थिई।

बखताले देखि आँगनमा लेउ परेको थिएन। चिप्लो काई कतै पनि थिएन। हिँउदमा लेउ, काई सुकेर आँगनका राता ईट्टा टलक्कै टल्केका थिए।
'निकै असल थिइ हाम्रि बखता' — बखताको सहपाठिले निकै बेर पछि मुख उघारि । उसले कलिलिको काँधमा थपथपाउँदै भनि - 'न'रो ! कलिलि, बखता बिति त के भयो । यत्रो सिँङ्गै घर छ। गोठमा बस्तुभाउ छन्। तिनलाई हेर, स्याहार गर, तेरो जिबन एसै गरि चलिहाल्छ।'
तर कलिलि टाउकै नउठाई अघि देखिनै रुँदै थिइ। एस्तो दृष्यले बखतालाई पनि धेरै बेर नरोई बस्न दिएन। उ सपनामै रोईदिइ। बखताले सिरानि भिजेको छनक पनि पाईन।
त्यहि सठपाठि बुढिले सोधी - 'भन त कलिलि हाम्रि बखता कसरि बिति?' कलिलि अझै पनि मुन्टो नउठाइ सुँक्क सुँक्क गर्दै थिइ।  बखता थाहा छ उ कसरि मरेकि थिई। उसले संझन थालि।
बखता आज दुना, टपरि र बोहता गाँसेर बसेकि थिइ। फलैँचाको गुन्द्रि भरि सालका पातहरु छरिएका थिए। कलिलि गाईबस्तुलाई कुँडो खुँवाउदै थिइ। बखतालाई खुब चुरोट खानु पर्ने बानि थियो। भोलि बुढाको श्राद्द भएकाले उ बिहानै देखि श्राद्दको तयारिमा थिई। एकाछकिमा चुरोट खाँदिन भनेर कष्टसाथ मन थामेर बसेकि थिई। तर केहिबेर पछि बखताले त्यो तलतललाई रोक्न सकिन। उ कलिलि लाई काम अह्राउनु पर्दा कलि भन्छे ।
'कलि जा त चुरोट लिएर आईज'—
कलि पनि बखता बुढिको कुरो भुँइमा झर्न नपाँउदै तगारो कटि सकेकि थिई। उ नजिकैको बाँउठे दमई को किराना दोकानमा गई र दुई खिल्लि चुरोट बोकेर आई।
बखताको तलतल मेटियो। ऊ फलैँचामा पलेटि कसेर पात गाँस्दै चुरोटको धुँवा फुक्न थालि।
'बर्खामा पानिको भर हुँदैन, कालो बादल आईसक्यो, जा कलि बिस्कुन सबै उठाईदे।' - बखताको त्यो कुरा पनि भुँईमा झर्न नपाँउदै उ बिस्कुन उठाउन थालि। बुढि पात गाँस्न छोडेर पीँडिको डिलमा आएर उभिई। चर्पी गोठ पछाडि थियो, आगन बर्खामा काई र लेउ लागेर भयङ्कर सँग चिप्लो थियो। बुढीले चर्पि जान के खुट्टा आँगनमा राखेकि थिई, पछार्रि हालि। टाउको आँगनको ईट्टामा बजारियो।
कलि दौडिँदै आई।
'आमै, ए आमै' — कलि आत्तिँदै कराई।
बखता बुढिले परलोकको बाटो समाई सकेकि थिई।
'आमा दुध लिनुस्'- कलिलिले बखताको सपना टुटाइ दिई। बखता लाई बल्ल हलुङ्गो भयो। सपना रहेछ भनेर निर्धक्क भई। आफुलाई चिमोटेर हेरि। किलिले आत्थु भनि।
भोलि बुढाको श्राद्द। बखतालाई आज दुना टपरि गाँस्नु छ। मध्यान्न ऊ फलैंचामा उक्लिई। फलैंचाको गुन्द्रि भरि सालका पात छरिएका थिए। कलिलि गाई बस्तुलाई कुँडो खुवाउँदै थिई। बखतालाई खुब चुरोट खानु पर्ने बानि थियो। भोलि बुढाको श्राद्द भएकाले उ बिहानै देखि श्राद्दको तयारिमा थिई। एकाछकिमा चुरोट खाँदिन भनेर कष्टसाथ मन थामेर बसेकि थिई। तर केहिबेर पछि बखताले त्यो तलतललाई रोक्न सकिन। उ कलिलि लाई काम अह्राउनु पर्दा कलि भन्छे ।
'कलि जा त चुरोट लिएर आईज'—
बखताले सपना संझन्छे। आँगनमा काई परेर चिप्लो भएको कुरा याद गर्छे।
'पख त कलि!' - बखता तुरुन्तै कलिलाई अडिन भन्छे। 'आँगन चिप्लो छ। बिस्तारै हिँड। जहिले दगुर्छे। पछार्रिएर टाउको बजार्लिस्। जा बिस्तारै गएर ले'राईजो।'—
बखता सपना संझेर आत्तिएकि थिई। तर उसले आफु सपनामा पछार्रिएर मरेको कुरा कलिलाई भनिन। आँगनमा हिँड्न सचेत मात्र गराई। कलिजान भनेर के आँगनमा खुट्टा राखेकि थिई। त्यहि काईमा चिप्लिएर उत्तानो परि हालि। टाउको त्यस्तै ईट्टामा बजारियो।
बखता घिस्रँदै किलिको छेउमा पुगि। किलिले परलोकको बाटो समाई सकेकि थिई।

'आमा चिया लिनुहोस।' — किलिले बखताको कान निरै गएर बोलाई। बखता ब्युँझिइ। उसले निकै अच्चम को सपना देखि आज। एसपटक उसले आफुलाई चिमोटेर हेरिन। कलिको पाखुरामा चिमोटि हेरि। कलिले आत्थु ऐय्या भनिन।
बखताले झ्याल उघारि र बाहिर हेरि। घाम लाग्दै थियो। उसले झ्याल नजिकै पालि छेउमै सपनाको एउटा अंश देखी त्याहा आफु चिप्लिएर लडेकि थिई र कलिले उठाउँदै थिई। उसले त्यो भन्दा पर अर्को सपनाको अंश देखि त्याहाँ कलि मरेकि थिई र आफु कलि सँगै थिई। अझ पर उसले अर्को सपनाको अंश देखी त्यहाँ एउटा कोठा थियो जहाँ उ सपना देख्दै थिई। र कलिले चिया दिन ब्युँझाउँदै थिई। झन पर उसले अर्को सपनाको अंश देखि त्याहाँ कलि सुतेकि थिई र सपना देख्दै थिई र बखता आफु त्यहि झ्याल बाट बाहिर सपना को अंशहरु हेर्दै थिई।