Click Here
To be absent from the god
is to be present with the lord.
the dust returns to earth.
the sprite return to god who gave it.
- vdiah
दृश्य आफै बन्दै
जान्छ...
‘सुन्यता हिड घाट
तिर जाँउ’ ।
आजकाल मलाई नराम्रो
बानी परेको छ
। कहीले घाट
तिर पुग्छु कहीले
ग्रेभयार्ड तिर ।
होलिडे डेस्टीनेसन यस्तै ठाउँलाई
रोज्न थालेको छु
। भुत/ प्रेत/पिचासको निबास्थान मेरो
लागी ग्राउन्ड सिट
बिछ्याएर कोक/ह्यामबर्गर/ओरेन्ज जुस खाँदै
दिन बिताउने अच्चम
लाग्दो गन्तब्य बन्दै छ
। तपाईले मलाई
अघिल्लो हत्ता बधशाला तिर
घुम्दै गरेको भेटाउनु भयो
होला सायद ।
हो । म यस्तै ठाउँमा जान
थालेको छु ।
बधशाला या मृत्युशाला/घाट/चिहान/Tomb
पार्क आदी आदी
..जहाँ मृत्युलाई सजिलै भेटाउन
सकीन्छ चाहे त्यो
जनावर होस् या
मानब लाश ।
मृत्यु त आखीर
मृत्यु हो ।
लाश त आखीर
लाश हो ।
मलाई मृत्यु तर्साउने
लाग्न छोडेको छ
। घन्टौ बलीरहेको
चितालाई हेर्न सक्छु ।
जिबन पछीको
संयमीत मृत्युको प्रतीछाँया स्वरुप लाश बाट निस्कीएको कालो कैलो धुँवा लाई नियाल्छु । जिबन मलाई अशामायिक लाग्न थालेको छ तर मृत्यु समसामायिक जस्तो । ‘सुन्यता यो मृत्यु रहस्यमयी छैन त’ ? घाटमा छु अहीले । अघीपछी भन्दा बढी लाशहरु जलीरहेको देख्छु । तर्पण दिईरहेका अर्धनग्न स्त्री पुरुषहरु, निरिह जिबनलाई ईश्वर सामु सुम्पन आएका भत्तजनहरु, जलिरहेको लाश सामु बसेर रुँदै गरेका आफन्तहरु सबै मेरो पोट्रेटमा अटाएका छन् । डेनड्राईट सुँध्दै हिडेका सडक बालबालीकाहरु तपाई अर्को किनारातिर देख्न सक्नु हुन्छ । नशामा छन् । म पनी नशामा छु । ईश्वर नशामा छ । निन्द्रालु अबस्थामा । अबचेतन अबस्थामा । सायद ईश्वर पनी मृत्यु देखी बेखबर छ जस्तो । तपाई हास्नु भयो । म आज हाँस्न सक्दीन । मेरो मित्रले हिजो आत्महत्या गरेको छ । यो philosophical sucide हो तर पुलिसहरु मान्न तयार छैनन् । उनीहरु यसलाई आत्महत्या नै भनीरहेका छन् । पोष्टर्माटमको रिपोटमा पनी यही लेखीएको छ । म दुखी भईन, उ यसै भन्ने र्गथ्यो, ‘सुन तेरो अघीतीर मैले आत्महत्या गरेको लाश हुनेछ’ ।
संयमीत मृत्युको प्रतीछाँया स्वरुप लाश बाट निस्कीएको कालो कैलो धुँवा लाई नियाल्छु । जिबन मलाई अशामायिक लाग्न थालेको छ तर मृत्यु समसामायिक जस्तो । ‘सुन्यता यो मृत्यु रहस्यमयी छैन त’ ? घाटमा छु अहीले । अघीपछी भन्दा बढी लाशहरु जलीरहेको देख्छु । तर्पण दिईरहेका अर्धनग्न स्त्री पुरुषहरु, निरिह जिबनलाई ईश्वर सामु सुम्पन आएका भत्तजनहरु, जलिरहेको लाश सामु बसेर रुँदै गरेका आफन्तहरु सबै मेरो पोट्रेटमा अटाएका छन् । डेनड्राईट सुँध्दै हिडेका सडक बालबालीकाहरु तपाई अर्को किनारातिर देख्न सक्नु हुन्छ । नशामा छन् । म पनी नशामा छु । ईश्वर नशामा छ । निन्द्रालु अबस्थामा । अबचेतन अबस्थामा । सायद ईश्वर पनी मृत्यु देखी बेखबर छ जस्तो । तपाई हास्नु भयो । म आज हाँस्न सक्दीन । मेरो मित्रले हिजो आत्महत्या गरेको छ । यो philosophical sucide हो तर पुलिसहरु मान्न तयार छैनन् । उनीहरु यसलाई आत्महत्या नै भनीरहेका छन् । पोष्टर्माटमको रिपोटमा पनी यही लेखीएको छ । म दुखी भईन, उ यसै भन्ने र्गथ्यो, ‘सुन तेरो अघीतीर मैले आत्महत्या गरेको लाश हुनेछ’ ।
मृत्यु र जिबनलाई
एक साथ पाँउछु
त्यसैले सायद घाट
या मृत्यु शैया
मेरो लागी परीचीत
हुदैछ । केही
बिदेशीहरु बडो चाख
मानेर मेरो मित्रको
लाश तिर फोकस
बनाउँदै छन् ।
‘सुन्यता हेर जिबन
मृत्यु प्रती बसिभुत छ’
। म मित्रको
लाशलाई हेर्छु । उसलाई
चितामा चडाउने तयारी गरीदैछ
। चिता माथी
सुतेको लाशले तनमयका साथ
आकास तिर हेर्दैछ
। लाग्छ उ
आफ्नो नयाँ उपन्यासको
लागी बिषय सोच्दै
छ । तपाईले
पनी उसको उपन्यास
हरु ‘fear and loathing’/the
gonzo papers पढ्नु भयो होला
। मलाई
यस्तो लाग्न थालेको
छ जिबन जिउन
खोज्नु नै मुर्खता
हो । मर्नु
कतै त्यो महान
कार्य हुनेछ ।
मृत्युलाई सोफीस्टीकेट/sophisticate गर्न सकीदैन
। तपाईलाई थाहा
छ जब म
घाट तिर टहलीएको
हुन्छु । लाग्छ
संसार लाशै लाशको
कोलाज या compendium
हो । जहाँ
म बाँचेर पनी
मृत्युको भोकमा लगातार भुस्याह
कुकुरले जस्तो गल्ली गल्ली
चहारेर रातो जिब्रो
खसालीरहेको हुन्छु । मृत्युको
लागी । देहत्यागको
लागी । मेरो
मित्र भाग्य शाली
रहेछ । उसले
आत्महत्या गरेको छ । म पनी
त्यस्तै चाहाना गर्छु ।
मेरो मरण आत्महत्या
बाटै होस् ।
यो कयौं गुना
प्रभाबशाली हुनेछ । पत्याउन
जटिल हुन सक्छ
तर मेरो डेक्सटप
आजकाल सुसाईड note
हरुले भरीन थालेको
छ । Google मा the best way of commit suicide भनेर
कयौं पल्ट लेख्छु
र आएका derivative
result हरु लाई क्वार्रक्वारर्ती हेर्छु । साथीहरुको
माझमा आपत्तीजनक कुराहरु
गर्न थालेको छु
। कहीले काँही
‘बैलाह’ पनी भन्न
सक्छन तर खासै
त्यसमा म भ्रमीत
बन्दीन । मलाई
थाहा छ म आत्महया गर्ने पुण्य
बिचारमा छु ।
जिबनले मलाई भोग्दै
छ या म
जिबलाई भोग्दै छु आफुलाई
नै यस्ता बाक्यहरुले
दिग्भ्रमीत बनाउँछु । तपाई
मलाई ‘झारातीरा लेखक’
भनी सम्बोधन गर्न
सक्नु हुन्छ तर
कृपया लेखक नभनीदीनु
हेला । कहीले
काँही कथाहरु लेख्छु/आफैले
बुझ्छु । सिर्जना
सिमातीत क्षीतीजमा कावा खानु
मात्र होईन भन्ने
लाग्दा एकैछीन जोर लगाएर
घोरीन्छु ।
लेख्नलाई । अन्तर्मनबाट
आवाज आउँछ ।
आत्महत्या । बाल्कोनीमा
निस्कन्छु र सिग्रेट
पिउँछु । एउटा
कालो रात सधै
झै बाल्कोनीमै टाँसिएर
बसे झै लाग्छ
। म यसरी
बाल्कोनी मा निस्केको
रात प्राय रोमीयो/जुलेट लाई संझने
गर्छु । निकै
बेर उभीएर सिग्रेट
पिउँछु । चुरोटको
ठुस्स् धुँवालाई मनन गर्छु
। एउटा दरीलो
आत्मबिश्वास सहीत आत्महत्या
गर्न पुन कोठा
भित्र छिर्छु तर
कोठा अन्घकार छ
। अकस्मात बिजुली फेरी
गएछ ।
हो । सबै
कुरा प्राय अकस्मात
नै हुन्छन् ।
मेरो मित्रले पनी
अकस्मात आत्महत्या गरेको हो
। म अकस्मात
संग अभ्यस्त भईसकेको
छु । बिजुली
छैन । कम्युटर
बन्द भएको छ
। Google is dead ।
हाँसो लाग्छ । मेरो
कोठामा प्राय यसैगरी बिजुली
गईरहन्छ । उज्यालोमा
आत्महत्या गर्न रहर
छ । आफु
छटपटाउँदै गरेको देख्न सकुँ
। एच चोटी
फेरी जिबन र्फकीएको
छ । आजलाई
आत्महत्याको योजना टरेको छ
। टर्छ/र्टदैछ ।
मैले खोलेको the
best way of commit suicide भर्खर बन्द भएको छ
। म भाग्यलाई
संझन्छु । हत्केला
पल्छाउँछु । दुखी
हुन्छु । आत्महत्यमको
योजना लाई पन्छाएर
खाटमा पल्टन्छु ।
discovery channel मा
documentary हरु हेर्छु
। र्दुघटना बाट
उद्धार गरीएको मानिसहरुको अनुहारमा
सबोधगम्यता देख्छु तर म
मृत्युलाई अंगाल्न खाज्दै छु
। किन? तपाई
मलाई मुर्ख भन्न
सक्नुहुन्छ ।
तर मृत्यु म
देखी नै डराउँदै
छ । नआत्तीनुस्
म आत्महत्या गर्नेछु
। pointless अनी silly
कुराहरुले दिमाग भरीएको हुन्छ ।
हरहमेशा । कथाहरु
लेख्न छोडुँ की
लाग्छ । मन
अन्तै मोडीएको छ
। एउटा बिश्वास/एउटा
चहाना/एउटा मृत्यु
तिर –हो, मृत्युको
चक्कर तिर ।
मृत्यु पछी महान
बनेका phenomenal writer
हरुलाई संझन्छु । john
Kennedy Tolle, Franz Kafka,
Henry Darger, Sylvia Plath सबै मृत्यु
पछी महान बनेका
हुन् । यिनीहरुलाई
म आर्दश मान्छु
। आत्महत्या गर्न
खोज्छु । महान
हुने चहाना बनाउँछु
। बास्तबमै जिबन
बजारमा गोलभेँडा वा बन्दाकोबी
को भाउ जस्तो
सस्तीएको छ ।
म लापरबाही पाराको
ग्राहाकको खोजीमा छु जसले
मलाई सस्तो भाउमा
उठाओस् । तपाई
बुझ्नु हुन्छ? सस्तो भाउ
या आत्महत्यालाई ।
म यस्ता बिचाहरुलाई
साँच्चीकै लापरबाही पाराको स्खलन/ejaculation
भन्न रुचाउँछु ।
मृत्युलाई sophisticate गर्न सकीदैन,
मैले अघीनै भनीसके
। त्यसैले मृत्युलाई
नै पर्खदै छु
। आत्महत्याको शिथिल
प्रयास जारी राख्दैछु
। म मेरो
लेखहरुको आलोचना होस् भन्ने
चाहान्छु । आलोचना
र आलोचकलाई म
अनादर गर्न सक्दीन
कनकी यिनले मेरो
लेखलाई माहान बनाउने छन्
। फेरी बत्ती
आउँछ । सिग्रेट
जलाउँछु । कम्युटर
खोल्छु । Google–फेरी खोज्न
थाल्छु । The
best way of compel suicide.....उफ
।
मित्रको लाश लाई
हेर्छु जलाउने तयारी गरीदै
छ । ‘सुन्यता
हेर त, Hunter
S. Thompson को लाश जलाउने
तयारी हुदैछ ।
महान लेखकको अन्येष्टी
गरीदैछ । उसको
चितामा आगो लगाईदै
छ । यो
सन् २००५ को
सेप्टेम्बर महीना हो ।
म उसको भनाईलाई
संझीने कोसीस गर्छु the
sex without love is as hallow and ridiculous as love without sex ..... मलाई
उसको लेखकीएता ले
नराम्रो संग प्रभाब
पारेको छ ।
जसरी तपाई फेसबुक
वा Elvis Presley भनी
मरीहत्ते गर्नुहुन्छ । उसले
हिजो मात्र आत्महत्या
गरेको हो ।
तपाईले गोलीको आवाज सुन्नुभएको
थियो होला ।
मलाई केही समय
पछी थाहा दिईयो
। अनीताले आएर
भनेकी थिई ।
अब उ बिधवा
भई सकी ।
म अलीकती पनी
दुखी भईन Hunter
S. लाई गुमाँउदा किनकी उसले
आत्महत्या गरेको छ । मेरो पनी
यस्तै चाहाना होईन
र, सुन्यता ? उसको
लाश बिस्तारै बल्दै
छ । उसले
आत्महत्या गरेको ब्यग्तिगत शरिर
लाई हेरेर म
उसको कृती मा
घोत्लीन थाले ।
मलाई थाहा छ
Hunter S. को लाश
जल्दैछ । यद्यपी
मेरो मित्रलाई या
आफन्तलाई यो थाहा
नहुन सक्छ की
म पनी आत्महत्याको
प्रयासमा छु ।
you are only being selfish भन्ने कुराहरु दिमागले
नदोहोराएका होईनन् । आत्महत्या
गर्नु आफु स्वार्थी
हुनु हो तर
पनी anonymously कुनै
social network भित्र छिर्छु र
virtual आत्महत्या का कुराहरु
गर्छू । प्रशस्त
सुझाबहरु पाँउछु । sleeping
tablet, wrist cutting, vehicular impact, immolation, suffocation, नशामा
रित्तो सीरन्ज....या त
बन्दुकले आफुलाई प्वाल पार
Hunter ले जस्तो
। संसारको नाम
चलेको Death magazine पढ्छु
। shareascare जस्ता
suicide magazine भित्र छिरेर आत्महत्या
प्रयासलाई शब्दमा ब्यत्त गर्छु
। मन र
मष्तिष्कमा डरलाई हटाएर आत्महत्याको
शीशुलाई उजागर गर्छु ।
म आत्महत्याको नौलो
प्रयास गर्न चाहान्छु
। मेरो लागी
जिबन समात्त गर्ने
क्षण नजिकीएको भान
हुन्छ । सुन्यताले
मेरो जवाफ कहीले
र्फकाएन झनै यस्तो
बेला र्फकाउन चाहाँदैन
सायद म लामै
बहस गर्न थाल्नेछु
भनेर होला ।
प्राय suicide notes पढ्दा
सुन्यता संग बादबिबाद
चल्ने गर्छ ।
तपाई हरु मेरो
कथा पढ्नु हुन्छ?
हो यो सुन्यता
संगको बादबिबादको उपज
हो ।
म थ्याच्च गएर खुड्कीलामा
बस्छु । मेरो
अगाडी Hunter को
लास बलिरहेकै छ
। उसको शरीर
ले निकाल्दै गरेको
कालो मुस्लो धुँवालाई
म एकहोरो हेरीरहेको
छु । वरीपरी
अन्य लाश पनी
जल्दै छन् तपाई
नाक थुन्न सक्नुहुन्न
यो ब्यबस्था बिरोधी
काम हुनेछ ।
मलाई आजकाल पोलीएको
लाशहरुबाट उड्ने धुँवाको गन्ध
पनी मिठो लाग्न
थालेको छ ।
बिश्व युद्ध ताकाको
चलचीत्रहरुमा देखाईने सिपाहीहरु जस्तो
संझन्छु । जसमा
शाशले लाशलाई चबाईरहेका
हुन्छन् । Metamorphosis को पात्र
जस्तो आफुलाई भयभित
पाउँछु । Gergor
Samsa जस्तो निरीह पाँउछु ।
आत्महत्या गर्नु पर्ने निर्णयमा
पुग्छु । अनायसै
death rope मा चड्ने
ईच्छा पलाउँछ ।
हो
बिनाकारण/without any reason, हाँसो
लाग्यो? तपाईको हाँस्न पाउँनु
स्वतन्त्रता हो ।
मेरो सार्बभौम मनले
तपाईको ईच्छा माथी अधीकर
जमाउने ईच्छा पनी राख्दैन
। तपाई स्वतन्त्र
हुनुहुन्छ म जत्तिकै
। चाहे आत्महत्या
गर्नुस् ।
Hunter S.
Thompson को लाश जल्दै
छ । समबेदनाका
लागी उभीएका Ralph
Steadman, Johnny Depp,
John Oates, Lyle Lovett सबै को
मुख नियाउरो छ
। तर म
चकमन्न मुद्रामा उसको बल्दै
गरेको लाश हेर्दै
हुन्छु कीनकी उसले आत्महत्या
गरीसकेको छ ।
म Hunter को भनाईहरु
संझन्छु । music
has always been matter of energy to
me.... उ सधै यसै
भन्ने र्गथ्यो तर
john oates को हातमा
गितार थिएन उ
शोकमुद्रामा मुर्दा घरको बाँया
तिर उभीरहेको थियो
। मलाई रिष
उठ्यो उसको हातमा
गितार हुनु पर्ने
थियो । उ निरास देखिदै छ,
Hunter को बली
रहेको चिता हेदैछ
। तपाईहरुले johnny
depp लाई चिन्नु भयो ।
उसलाई हामीले pirates
of Caribbean ..मा देखेको
हौं । उसको
अभीनयले मलाई मन्त्र
मुग्ध बनाएको थियो
। उ पनी
आफ्नो मित्रको आत्महत्या
देखी दुखी छ
र मुर्दा घरको
ठिक सामुन्ने बसेर
जल्दै गरेको लाशलाई
हेर्दै छ ।
मलै उसको मुखमा
हेरे । र्बबराउँदै
छ । तपाईहरुले
बुझ्नु भयो उसले
के भन्दै छ
। ‘खुदा क्या
मौत दिया तुने,
मुझे भी ले
चल वहाँ’ ।
कुनै हिन्दी गाना
होला तर मैले
कतै सुनेको जस्तो
लाग्दैन । हामीले
अघी देखेका बालबालीकाहरु
अहीले बागमती भित्र
खोलामा छिरेको देख्न सकीन्छ
। उनिहरु पनी
हामीलाई नै हेर्दै छन् । क्रमश
उसको लाशले धर्ती
छोडेको अनुभब हुदै छ
। म उसको
दनकीदै गरेको लाशलाई नियाल्छु
। मनमा चाहाना
झन दरीलो भएर
आँउछ । आत्महत्या
गर्नु पर्ने निस्कर्षमा
फेरी पुग्छु ।
म संग बस्ने
यो मान्छे लाई
चिन्नु भयो ? उ Lyle Lovett
हो । संतीतकार
। उ पनी
समबेदनाको लागी घाटमा
उपस्थीत भएको छ
। मैले उसलाई
सुने । उ पनी आफ्नो
गाना गाँउदै थियो
। एकदम मसिनो
स्वरमा । तपाईले
सुन्नुभयो ? त्यो यस्तो
थियो –
old friend
all the stories to tell
old friend
could you bid me farewell
old friend it might be easy
…यस्तै
यस्तै ..म पनी
उ संग संगै
गाउन थाले ।
उसले मलाई हेर्यो
र त्यो verse
पुरा गर्यो ।
हामीले फेरी त्यो
गित दोहोराएर गायौ
। यस बेला
Johnny Depp, John Oates ले पनी
साथ दिए ।
तर बुढो Ralph अझै
Hunter को बल्दै
गरेको चिता लाई
हेर्दै थियो ।
र्हेनुस् त ।
Hunter को चितामा
कसैले अगुल्टो चलाउँदै
छ । त्यो
मानीस के गर्दै
छ? ‘कस्तो मान्छे
रै’छ, Bloody damn' –Johnny
Depp करायो । हामी
सबै चिता तिर
दैडियौं । त्यो
त Jules Verne पो
रै’छ । त्यो
यहाँ पनी गाँजा
सल्काउन आईपुगेछ । हामीलाई
रिस उठ्दै थियो
। त्यो गाँजा
सल्काउँदै छ Hunter
को चितामा ।
हामी सबै करायौं
। गाँजा किन
त्यस्को चितामा सल्काउनु परेको
होला भनेर ।
उसले हामीलाई हेर्यो
र संगै सिग्रेट
खान भन्यो ।
उसले 510 classical electronic cigrate सल्कायो । जुन
सन् २०११ मा
आउने हल्ला थियो
। हामीले Hunter
को चितामा चुरोट सल्कायौं र
चिता संग बसेर
भबिष्यमा आउने भन्दै
गरेको चुरोट पियौं
। त्यहाँ हामी
सबै मिलेर एउटा
elegy गायौं ।
Hunter को आत्महत्या
गरेको आत्मको चिर
शान्तीको कामना गर्यौं ।
पानी पर्न थालेको
हुनाले अब हामीले
त्यो धुवाईरहेको लाशलाई
मुर्दा घर भित्र
बाट हेर्ने भयौ
। हामी अहीले
मुर्दा घर भित्र
छौ । Johnny
deep ले pirates of Caribbean ..को आउने
sequel को बारेमा कुरा सुनायो
। मैले आत्महत्या
गर्दै छु भन्ने
कुरा सुनाए ।
‘wonderful decision’ भनेर सबैले
मलाई तुरुन्त आत्महत्या
गर्न सल्लाहा दिए
। मेरो पनी
मृत्युमा जम्मा हुने अनी
ह्विस्की, चुरोट र वाईन
खाने प्रस्ताब बनाए
। मैले सकेसम्म
त्यो अबसर दिलाई
हाल्छु भनेर सबैलाई
सुनाईदिए । तपाईले Jules Verne लाई देख्नु भयो ? उ हामि संग अहिले फर्किदैन, उ पनि आफ्नो 'journey to the center of the earth' को लागि हिडीसक्यो। हामी
साझमा घर र्फकीन
थाल्दा एउटा सेतो
पेपर मेरो गोडा
छेउमा आएर खस्यो
। मैले उठाएर
पढें । Type
writer मा लेखीएको अक्षर थियो
।
‘Consoler’–यो त हन्टर थोम्मसन्ले लेखेको अन्तीम अक्षर होईन । Johnny Depp ले भन्यो ।
‘Consoler’–यो त हन्टर थोम्मसन्ले लेखेको अन्तीम अक्षर होईन । Johnny Depp ले भन्यो ।
'हो'– उसले आत्महत्या
गर्नु भन्दा अगाडी
लेखेको अन्तीम अक्षर ।
बुढो राल्फ ले
थप्यो ।
सुन्यता,
म यो चिठ्ठी
लेख्दैछु
।
झन्झट
नमानी
पाठकहरुलाई
पढेर
सुनाईदिनु
।
म आत्महत्या गर्दैछु
यसको
मतलब
यो
होईन
की
म
मर्दैछु
।
खाली
म
मेरो
अस्तीस्व
गुमाउँदै
छु
।
जिबन
देखीको
मोह
मात्र
टुटाउँदै
छु
।
life
has no rational meaning and order...त्यसैले म
आफुलाई
Hunter
ले
जस्तो
गोली
हान्नेछु
।
‘सुन्यता’
तिमी
नडराउनु
।
म
मरे
पनी
तिम्रो
अस्तीस्व
यो
दुनीयामा
रहने
छ
।
yes,
you will be a free sprite.... जिबनको अर्थ pervasive
छ
।
मैले
जिबनलाई
दुखको
रुपमा
लिए
।
जिबन
जिउन
लाएक
नभएरै
हो
म
यो
confession
मा
पुगेको
।
तपाई
ले
पनी
आत्महत्याको
निर्णय
गर्न
सक्नुहुन्छ
तर
क्षमा
चाहान्छु,
मलाई
लेखक
भनी
सम्बोधन
नगरीयोस्
।
कुनै
पत्रीकाको
कोलममा
रहस्यबादी
अन्दाजमा
संदेहबाद,
नाहीलिजम,
उत्तरआधुनीकता
को
बहस
गर्दै
मा
म
लेखक
कतै
हुन्न
।
लेख,
कथा,
समालोचना
editor
को
सोझा
मनले
छापीदनिु writer हुनु कदापी
होईन
।
कृयपा
मलाई
चर्को
स्वरमा
नकराउनुस्
।
म
लेखक
होईन
।
धन्यबाद
तपाईले
मलाई
बुझ्नु
भयो
होला
भन्ने
आशा
राख्छु
।
मलाई
थाहा
छ,
तपाइको/मेरो
यात्रा
निरर्थक
छ
।
तपाई
यात्रा
त
गर्नु
हुन्छ
तर
प्राय
गन्तब्य
अनिश्चीत
छ
।
त्यसैले
म
मध्यम
स्तरको
मृत्यु
खोज्दैछु
।
आत्महत्या
गर्न
रुचाउँछु
।
मलाई
थाहा
छ
मेरो
रुची
संग
तपाईको
रुची
नमील्न
सक्छ
।
म
‘झारातिरा’
लेखक
हुँ,
भनीसके
।
अनी
म
भुल्लकड
छु
त्यो
पनी
बुझ्नु
भयो
होला
।
म
रुची
या
घृणा
ब्यक्त्त
गर्न
खासै
रुचाउँदीन
।
पख्नुस्,
आफ्नो
रुचीहरु
सुनाउँन
नहतारिनुस्
।
मलाई
बिलकुल
फुर्सद
छैन
।
मैले
भनीसके
तपाईहरुलाई
चिठ्ठी
मात्र
लेख्दैछु
।
‘सुन्यताले’
आत्महत्या
पछी
यो
suicide
note सुनाउने छ । मानीसलाई
म
बुझाउन
सक्छु
तर
म
बुझ्दीन
।
हो
।
म
चहानाको
र्सबब्यापकता
लाई
बुझ्न
सक्दीन
।
I
don’t understand the cycle of human life and want.....म
आशा
राख्छु
पाठकहरु
मेरो
burial मा आउनेछन्
र
Johnny
Depp/Ralph/john oates संग मेरो चिता
छेउमा
बसेर
वाईन
र
सिग्रेट
पिउने
छन्
।
अब ......
पाठकहरु आउनुस् । यो
सन् २०१७ को
बसन्त ऋतु हो
। मेरो कोठामा
सबै भेला भएका
छन् । मैले
भर्खरै हिजो राती
आत्महत्या गरेको छु ।
मेरो आलो लाशको
वरीपरी बसेर मेरा
आफन्त बेकार को/उदेक
लाग्दो आशुँ चुहाँउदै
छन् । तपाईहरु
यसो नर्गनु होला
! लाग्छ म
गहीरो psychological comfort मा.... पुगेको छु
। मेरो खुट्टा
छेउमा बसेर Johnny
Depp मलाई हेर्दै छ । मेरो दाँया
बाँया त्यही बुढो
Ralph र John
Oates उभिएका छन्
। उनीहरुको हातमा वाईनको
गिलाश भने देखीएन
। आज Jhon
Oates को हातमा गितार छ
। त्यहाँ उनीहरु
सबैले Hunter को
लागी गाएको समबेदना
गीत फेरी गाए
।
Old friend
All the stories
to tell……….
दृश्य धमीलो हुँदै
छ ।
अझै पनी पाठकहरुले
मलाई बधशाला या
घाट तिर उभीएर
आत्महत्या गरेको लाशहरु जल्दै
गर्दा हेरको भेटाउन
सक्छन । सुन्यतालाई ‘go for a stroll’.... भनेर
म कहीले काँही
अझै पनी यस्ता
ठाँउहरुमा लेराँउछु । पाठकहरुले
कानेखुसी गरेको सुन्छु ।
‘यो लेखकले आत्महत्या
गरेको होईन’? ।
तर म यसलाई
अझै पनी आत्महत्या
मान्न तयार छैन
। यो त
philosophical suicide हो ।
2 Comments
great work.