लाईबनिज भन्छ, 'We live in the best of all possible worlds' र possible world को क्रमगत उन्नतिमा दर्शनको बिकास र आधारभुत मान्यताहरुले मानिसमा स्थायि प्रभाव छोडेको छ जसले human existence को निव लाई दिनानुदिन मजबुद पार्दै लान्छ । 
            दर्शनको बारेमा जान्न खोज्ने उत्सुक 'ईन्सान' हरुलाई पहिले दर्शनको प्राथमिक बिकास र त्यसमा क-कसको हात रह्यो तलको अनुच्छेदमा लेख्दै जानेछु ।
सम्पुर्ण ज्ञात दर्शनलाई पाश्चात्य र पुर्विय गरि मुख्य हाँगामा बिभाजन गर्ने हो भने । पाश्चात्यको साहायक हाँगा भित्र  प्राचिन ग्रिस, रोमनेलि र आधुनिक युरोपियन दर्शन पर्न आउँछ । त्यसै गरी पुर्विय दर्शन भित्र मुख्यत: हिन्दु (भारतिय फिलोसफि) दर्शन, चाईजिन, जापनिज, पर्सियन, बौद्द दर्शन पर्न आउँछ । पहिले पाश्चात्य दृष्टिकोण बाट दर्शनको अर्थ खोजौं अनि पछी पुर्विय दर्शनको आविर्भाव मा पसुँला । पुर्विय दर्शन बुद्दिगत दृष्टिकोणले गहन छ र पाश्चात्य दर्शन मानविय संवेदनाको परिचायक दर्शन हो, जहाँ सम्म मेरो बुझाई छ । संस्कृत शब्दको 'दृश्' धातु बाट दर्शन शब्दको उत्पति भएको हो जसको अर्थ हुन्छ, 'देख्नु' या 'त्यस बाट हेर्नु' अर्थमा हुन्छ । फिलोस र सोफिया मिलेर फिलोसोफिया शब्द को उत्पति भएको छ जसमा फिलोस को अर्थ प्रेम र सोफिया को अर्थ ज्ञान हुन्छ, यसरि हेर्दा पश्चिमा दर्शनको सिधा अर्थ ज्ञान प्रतिको प्रेम हो जसले मानविय संवेदनालाई प्रत्यक्ष्य प्रभाव पार्छ । उता ‘दृश्यते यथार्थ तत्वमनेन" जसको अर्थ जसले तत्वको ज्ञान दिन्छ त्यहि दर्शन हो भन्ने बुझ्न सकिन्छ, यस अर्थमा मैले पुर्विय दर्शनलाई 'बुद्दिगत' दृष्टिकोण भनेको हुँ ।
मानिस स्वभावैले चिन्तनशिल प्राणि भएकोले उसको विचारमा 'संसार के ले बेनको छ?', 'ईश्वर, आत्मा वा जिवको सम्बन्ध कस्तो हो?' 'सत्ताको स्वरुप कस्तो हुन्छ?' 'ज्ञानको उचित मार्ग कुन हो?' जस्ता आधारभुत प्रश्न जन्मिन्छ । दर्शन ले यिनै प्रश्नहरुको उचित जवाफ दिने प्रयास गर्छ । दर्शननै बिज्ञानको आधार पनि हो या यसो भनु अन्य सबै बिषको मुल दर्शन नै हो । यसै बाट सम्पुर्ण ज्ञानको आधारशिला तयार हुन्छ ।
पाश्चात्य दर्शनबाट Jewish philosophy, Christian philosophy, र Islamic philosophy प्रभावित भएको छ जसलाई अब्राहामिक धर्म पनि भनिन्छ ।