दुग्धीन् पर्वतमालाको उच्च शिखर अल्टर पिक को नामले चिनिन्छ, जहाँ बिशाल र बिषादपुर्ण  बिहार छ जुन एक समय ARK को नामले प्रख्यात थियो । भयानक बाढिको रुपमा यसको पुरातन परम्परा लाई जोडिन्छ ।
ARK को बारेमा अनेकौं किम्बंदन्तिहरु बुनिएका छन्; तर बर्तमान समयमा स्थानिय पर्वतारोहिहरुको बोलिमा झुण्डिएको एक किंबदन्ति मैले मौकाले ग्रिष्ममा उनिहरुसंग ALTER PEAK को छहारी मा बिताउँदा  निम्नानुसार सुने:

महान जलप्रलयको निकै बर्ष पश्चात नोहा र उसको फैलिदै गएको परिवारले दुग्धिन पर्वतमालामा उर्वर भुमि, प्रसस्त खोलाहरु र निकै उचित बातावरण भेट्टाए । र तिनिहरुले त्यहिं स्थाही हुने निधो गरे ।
जब नोहालाइआफ्नो जिबनको अन्त्य महशुस भयो तब उसले आफ्नो छोरा साम लाई बोलायो जो उ जस्तै स्वप्नदर्हक र दार्शनिक थियो; र यसप्रकार उसले साम लाई भन्यो -
'हेर, मेरो छोरो, तिम्रो पिता को बर्षौंको फसल निकै समृद्द छ, र अब अन्तिम मुठा काटिन तयार छ । तिमि र तिम्रो भाई, अनि तिम्रो सन्तान र तिनिहरका पनि सन्तान ले यस शोकसन्तप्त पृथ्वि लाइ पुन: निवेश गर्ने छौ, र तिम्रो बंश समुन्द्रका बालुवाका कण झैं हुने छन्, ईश्वरको वचन अनुसार ।
'तैपनी केहि डरले मेरो अस्थिर दिनहरु लाई धावा दिदै छ । यो त्यो हो कि मनुष्यले कुनै दिन महा जलप्रलयलाई भुल्ने छन् र बासना अनि दुष्टता ले ठाउँ लिने छ । तिनिहरुले एक सय अनि पचास दिन उद्वतता र जिघांसु को गहिराइको जित लाई गर्भस्त गरेको ARK र त्यसको बिश्वास लाई पनि भुल्ने छन् । न त तिनिहरु त्यस आस्था लाई जारी राख्ने नुतन जिवन प्रति सचेत हुन्छन् जसको फल उनिहरु हुनेछन् । यस्तो नहोस् त्यसैले म तिमिलाई आदेश दिन्छु, मेरो छेरा, यि पर्वतको उच्च चुचुरो मा वेदिका बनाउ जसलाई भबिष्यमा ALTER PEAK को नाम ले जानिने छ, र अझै म यो आदेस दिन्छु कि वेदिका को वरिपरि घरहरु बसाउ जुन ARK कै अनुरुप होउन् तर निम्न आयाम मा, र तिनिहरु THE ARK को नामले जानिनेछन् । contd.