रेक मानव मस्तिष्क आफैँमा अभूतपूर्व पारोक्ष्यले अभिभूत हुन्छ, सचेतन मस्तिष्कले हर क्षण आफैँ अनेक रसायन निकाल्छ, परिणामतः हामी सजीव देखिन्छौ । यस अदृष्ट कीटाणु (कोभिड-१९) को आक्रमणले दुनियाँ जिल परिरहेको छ त्यस मध्य हामी दुई प्राणी बढि जिल्लिएका छौं । जिल्लिनु को कारण म पछि उघारुँला, पहिले केही आवश्यक कैफियत लेख्न चाहन्छु । 


source google
साठी करोड वर्ष पहिले, मस्तिष्क को नामनिसान थिएन । कति गुणी समय थियो ! यदि त्यस ठीक समय मा स्पोञ्नको अस्तित्व नभएको भए हाम्रो मस्तिष्कको अस्तित्व पनि हुने थिएन न त यस प्रतिकूलतामा हामी मुछिनु पर्थ्यो । हामि यसरि जिल्लिनुको कारण यहि मस्तिष्क हो  । मस्तिष्कको काम नै हैरानी थप्ने हो । म यसैको सङ्कीर्णता को ईतिहाँस लेख्छु आज । पहिलो पटक मानव इतिहासमै आल्कमायोन (Alcmaeon) ले ईशाको पाँचौं शताब्दीमै यस हैरानीको जड ‘मस्तिष्क’ नै मानव शरीरको केन्द्रीय मानसिक अंग रहेको रहस्योद्घाटन गर्यो होइन भने बीथोवेन(Beethoven) को संगित ले ले कुनै अर्थमा मेरो शरीरलाई रोमाञ्चित पार्ने थिएन । मैले ‘दि डोर्स’ को साईडेलिक संगितलाई बुझ्ने थिइन । भान गग को द स्टारि नाईट’ ले कुनै प्रभाव छोड्ने थिएन र स्पोञ्जले झैँ समुन्द्री तलमा बसि दुर्बल मृत्यु कुर्नु बाहेक केही हुँदैन थियो, तर त्यसो भएन आल्कमायोन भन्दा पहिले पनि कोही थियो जसले मस्तिष्कको यस अभूतपूर्व पारोक्ष्य लाई अभिभूत गरिसकेको थियो । जेलि फिस—जसले संसारको पहिलो तंत्रिक प्रणाली (Nervous system) को ज्ञात गर्यो र अझै थप हैरानी पनि सँग सँगै उद्घाटन गरि दियो । पाँच सय असि करोड वर्ष पहिलेको जेलि फिसको कारणले हामी अहिले हैरान छौं । जसले पहिलो मस्तिष्क बोकी जन्मियो । ह्याप्पि बर्थ डे जेलि फिस ! 

त्यसको केही समय पछि नै, तिन करोड वर्ष पछि अर्को जीव ले अझै उन्नत मस्तिष्क लिई देखा पर्यो । पाटे जुका—जसले संसारको पहिलो केन्द्रीय तन्त्रिक प्रणाली (central nerve system) लिई अवतरित भयो । त्यसको केही समय पछि असिको दशकमा मेरो जन्म भयो । ह्याप्पि बर्थ डे टु मी, टु । सायद, मैले अझै उन्नत मस्तिष्क लिई जन्मिए होला । के जेलि फिसले कहिले यो सोच्यो होला र कसैले उसको जन्मको बारेमा यति राम्रो ब्लग लेख्ला, पक्कै मेरो मस्तिष्क जेलि फिसको भन्दा उन्नत हुनुपर्छ ।

‘विचार’ र ‘सचेतनता’ को लडाई युगौँ पहिले देखि नै छ । जब मानिसको संज्ञानात्मक उन्नति भयो त्यति बेला देखिनै हामी आफ्नो र आफ्नो वरिपरिको आच्छादित जगत् को सत्यता देखि ईर्ष्यालु छौं । मानिसलाई आविष्कारले जहिले प्रलोभन गर्छ जुन परिष्कृत मस्तिष्कको रूपले मात्र सम्भव हुन्छ । १८१८ मा जर्मन दार्शनिक आर्थर सोफेनहावर ले आफ्नो पुस्तकमा ‘the world is my idea’ भनेर जगतको सारलाई मष्तिस्किकरण गरि दियो । पचास हजार वर्ष पहिलेको मानवले सायदै सोफेनहावरको यस अलकांरलाई बुझ्न सक्थे तर तिनिहरूको मस्तिष्कले भर्खरै ‘जटिल’ भाषाको भने विकास गरिसकेको थियो । उनीहरूले ध्वनिलाई क्युनिफर्म (cuneiform)  मा रूपान्तरण गरेको अपत्यारिलो क्षण लाई मस्तिष्कले आत्मसाथ गर्यो । अझै चाईनिजहरु यस्तै अक्षर लेख्छन् जसलाई क्युनिफर्मको बिकसित रूप पिक्टोग्राफ भन्दा फरक पर्दैन । मानवको मस्तिष्कभित्र प्रकुम्पित ती जादुई विचारलाई जब उसले ल्यास्कु केभमा कोर्न थाल्यो ती विचार एक मानव बाट अर्को मानव मा सर्दै जाँदा उनीहरूले बितेको दुई लाख वर्षमा अनुभव नगरेको कौतूहललाई महसुस गर्न पुगे । यसरी विचारले पहिले अक्षर र पछि ध्वनिको रूप लियो । ब्रह्माण्डमा मानव मस्तिष्क जस्तो जटिल रचना केही छैन जसलाई इतिहासका अनेक दार्शनिकहरूले अन्वेषण गर्न खोजे । युनिभर्सिटि अफ क्यालिफोर्निया का न्युरोसाईन्टिस् ले fMRI प्रविधिको प्रयोगले वैयाकरण-मानचित्र’ (semantic atlas) को निर्माण गरि मस्तिष्कको जटिलतालाई परख गर्न खोज्दै थिए । विथोवेन(Beethoven) ले आफ्नो प्रख्यात संगितको रचना गर्दा उ बहिरो थियो तर उसको संगितले मेरो मेरुदण्डमा ज्वार पैदा गरिदिन्छ । उसको मस्तिष्कले सायद संगितको ‘atlas’ पहिले नै बनाई सकेको थियो । 

हाई-स्कूल सुरु भए पछि, मस्तिष्कको कुरू क्षेत्रमा, गाँजा सँगै साईकिडेलिक जिम मरिसन (Jim Morrison) घुसेको थियो । भनिन्छ जिम मरिसनले आफ्नो ब्याण्डको नाम ऐलडस हक्सले को ग्रन्थ ‘दि डोर्स अफ परसेप्सन्’ बाट प्रभावित भई राखेको थियो । च्यासलको फाँटमा गाँजाले दिने संवेदन-बोध हक्स्ले को साईकिडेलिक अनुभव भन्दा अल्प हुँदैन थियो । प्रेम, डर जस्ता भावुक पदहरू मस्तिष्कको Hypothalamus भन्ने ठाउँमा जम्मा हुन्थें र पामेला (Pamela Susan) संग नाच्न थाल्थें, यसलाई नै होला हकस्ले ले पवित्र दृष्टि (sacramental vision) भनेको, तर जिम लाई मैले पामेला संग नाचेको कहिले मन परेन । मेरो इच्छा भनेको जिम मरिसनको ग्रेभयार्डमा गई साईकिडेलिक नृत्य गर्नु हो यसमा हक्स्ले, पामेला र मस्तिष्कले साथ दिनु पर्छ । साठीको दशकको अन्ततिर अमेरिकी पुँजीवादी प्रणालीको सिमा सँग लड्न एक युवा जमात लागि परेको थियो । त्यस समयको संगित र कला मा यही भावना रँगिएको हुन्थ्यो । अति काल्पनिक विचार, एल. एस. डि (LSD) प्रबुद्ध हुने आकांक्षाले युवाहरूको मस्तिष्कलाई पोसेको  थियो । यस्तै मा एउटा मीथोलोजिक रूप देखा पर्छ—जिम मोरिसन । म कहिले कहिले कल्पना गर्छु मरिसनको मस्तिष्कले कसरी त्यस्तो संगितको कल्पना गर्न सक्थ्यो । खासमा मोरिसन गायक होइन, उसलाई गितार बजाउन आउँदैन थियो तर उ एक कवि थियो—लिजर्ड कवि । म मरिसनले चर्म-डायरि को पन्ना भित्र छिर्छु र एक दुई थान कविता पढ्छु ।
Power 
I can make the earth stop in
its tracks. I made the
blue cars go away.
I can make myself invisible or small.  
I can become gigantic and reach the
farthest things. I can change
the course of nature.
I can place myself anywhere in
space or time.  
I can summon the dead.
I can perceive events on other worlds,
in my deepest inner mind,
and in the minds of others.  
I can.
I am
म यति पढि सक्दा फ्रेडरिक नित्से ले ‘remain faithful to the Earth’ भने झैँ मरिसन प्रति सहृदयि हुन्छु । म झै मोरिसन पनि नित्सेको दर्शनबाट अति प्रभावित थियो अनि नित्से चाहिँ संगितकार रिचर्ड वागनर (Richard Wagner) बाट । हुन सक्छ यही प्रभावले उसको ग्रन्थहरूमा नृत्यको (म्युजिक) गन्ध भेटिन्छ । के नित्सेले हामीलाई जीवनको मार्गमा यस्तै संगित को ध्यानलाई मनन गर्न भनेको होइन र? मलाई नित्सेको म्याडनेस मनपर्छ । सफरिगं (suffering) मन पर्छ । उसको ग्रन्थहरुमा मोरिसनको म्युजिकमा झैँ विरोधाभास भेटिन्छन् तर पनि, The Birth of Tragedy मा नित्से ले यस विरोधाभास लाई यसरी विश्लेषण गरेको थियो । उ लेख्छ—संगितले, नृत्यले दर्शकको आँतमा त्यस समूहगान’ (chorus) को पहिचानलाई चिन्न सहयोग गर्छ । जब तिनिहरू तालमा नाच्छन्, दर्शकमा आनंदोल्लास  छाउँछ, र यसरी उनीहरूले आफ्नो शारीरिक प्रदर्शनबाट अनंत पुर्णताको अनुभव गर्छन् – र यो संवेदी बिन्दुमा नायक, भगवान या आदर्श को असामयिक निधनले तहस नहस हुँदैनन्, बरु यसलाई उनीहरूले चली रहेन प्रवाह झैँ सोच्न पुग्छन् । नित्से ले यसलाई ‘Magic transformation’ भनेको छ । के जिम मोरिसनको बहिर्गमनलाई यस्तै सोच्ने हो ? के मस्तिष्कले यस्तो असामयिक प्रवाहलाई सामान्य ठान्ला ! 

https://rumanamant.blogspot.com/2020/04/blog-post_13.html