Click Here

To be absent from the god 
is to be present with the lord.
the dust returns to earth.
the sprite return to god who gave it.
                                                      - vdiah

दृश्य आफै बन्दै जान्छ...
‘सुन्यता हिड घाट तिर जाँउ’ आजकाल मलाई नराम्रो बानी परेको कहीले घाट तिर पुग्छु कहीले ग्रेभयार्ड तिर होलिडे डेस्टीनेसन यस्तै ठाउँलाई रोज्न थालेको छु भुत/ प्रेत/पिचासको निबास्थान मेरो लागी ग्राउन्ड सिट बिछ्याएर कोक/ह्यामबर्गर/ओरेन्ज जुस खाँदै दिन बिताउने अच्चम लाग्दो गन्तब्य बन्दै तपाईले मलाई अघिल्लो हत्ता बधशाला तिर घुम्दै गरेको भेटाउनु भयो होला सायद हो यस्तै ठाउँमा जान थालेको छु बधशाला या मृत्युशाला/घाट/चिहान/Tomb पार्क आदी आदी ..जहाँ मृत्युलाई सजिलै भेटाउन सकीन्छ चाहे त्यो जनावर होस् या मानब लाश मृत्यु आखीर मृत्यु हो लाश आखीर लाश हो मलाई मृत्यु तर्साउने लाग्न छोडेको घन्टौ बलीरहेको चितालाई हेर्न सक्छु जिबन पछीको
संयमीत मृत्युको प्रतीछाँया स्वरुप लाश बाट निस्कीएको कालो कैलो धुँवा लाई नियाल्छु जिबन मलाई  अशामायिक लाग्न थालेको तर मृत्यु समसामायिक जस्तो सुन्यता यो मृत्यु रहस्यमयी छैन त’ ? घाटमा छु अहीले अघीपछी भन्दा बढी लाशहरु जलीरहेको देख्छु तर्पण दिईरहेका अर्धनग्न स्त्री पुरुषहरु, निरिह जिबनलाई ईश्वर सामु सुम्पन आएका भत्तजनहरु, जलिरहेको लाश सामु बसेर रुँदै गरेका आफन्तहरु सबै मेरो पोट्रेटमा अटाएका छन् डेनड्राईट सुँध्दै हिडेका सडक बालबालीकाहरु तपाई अर्को किनारातिर देख्न सक्नु हुन्छ नशामा छन् पनी नशामा छु ईश्वर नशामा निन्द्रालु अबस्थामा अबचेतन अबस्थामा सायद ईश्वर पनी मृत्यु देखी बेखबर जस्तो तपाई हास्नु भयो आज हाँस्न सक्दीन मेरो मित्रले हिजो आत्महत्या गरेको यो philosophical sucide  हो तर पुलिसहरु मान्न तयार छैनन् उनीहरु यसलाई आत्महत्या नै भनीरहेका छन् पोष्टर्माटमको रिपोटमा पनी यही लेखीएको दुखी भईन, यसै भन्ने र्गथ्यो, ‘सुन तेरो अघीतीर मैले आत्महत्या गरेको लाश हुनेछ’

मृत्यु जिबनलाई एक साथ पाँउछु त्यसैले सायद घाट या मृत्यु शैया मेरो लागी परीचीत हुदैछ केही बिदेशीहरु बडो चाख मानेर मेरो मित्रको लाश तिर फोकस बनाउँदै छन् सुन्यता हेर जिबन मृत्यु प्रती बसिभुत छ’ मित्रको लाशलाई हेर्छु उसलाई चितामा चडाउने तयारी गरीदैछ चिता माथी सुतेको लाशले तनमयका साथ आकास तिर हेर्दैछ लाग्छ आफ्नो नयाँ उपन्यासको लागी बिषय सोच्दै तपाईले पनी उसको उपन्यास हरु ‘fear and loathing’/the gonzo papers पढ्नु भयो होला   मलाई यस्तो लाग्न थालेको जिबन जिउन खोज्नु नै मुर्खता हो मर्नु कतै त्यो महान कार्य हुनेछ मृत्युलाई सोफीस्टीकेट/sophisticate गर्न सकीदैन तपाईलाई थाहा जब घाट तिर टहलीएको हुन्छु लाग्छ संसार लाशै लाशको कोलाज या compendium हो जहाँ बाँचेर पनी मृत्युको भोकमा लगातार भुस्याह कुकुरले जस्तो गल्ली गल्ली चहारेर रातो जिब्रो खसालीरहेको हुन्छु मृत्युको लागी देहत्यागको लागी मेरो मित्र भाग्य शाली रहेछ उसले आत्महत्या गरेको पनी त्यस्तै चाहाना गर्छु मेरो मरण आत्महत्या बाटै होस् यो कयौं गुना प्रभाबशाली हुनेछ पत्याउन जटिल हुन सक्छ तर मेरो डेक्सटप आजकाल सुसाईड note हरुले भरीन थालेको । Google मा  the best way of commit suicide  भनेर कयौं पल्ट लेख्छु आएका derivative result हरु लाई क्वार्रक्वारर्ती हेर्छु साथीहरुको माझमा आपत्तीजनक कुराहरु गर्न थालेको छु कहीले काँहीबैलाह’ पनी भन्न सक्छन तर खासै त्यसमा भ्रमीत बन्दीन मलाई थाहा आत्महया गर्ने पुण्य बिचारमा छु जिबनले मलाई भोग्दै या जिबलाई भोग्दै छु आफुलाई नै यस्ता बाक्यहरुले दिग्भ्रमीत बनाउँछु तपाई मलाईझारातीरा लेखक’ भनी सम्बोधन गर्न सक्नु हुन्छ तर कृपया लेखक नभनीदीनु हेला कहीले काँही कथाहरु लेख्छु/आफैले बुझ्छु सिर्जना सिमातीत क्षीतीजमा कावा खानु मात्र होईन भन्ने लाग्दा एकैछीन जोर लगाएर घोरीन्छु  लेख्नलाई अन्तर्मनबाट आवाज आउँछ आत्महत्या बाल्कोनीमा निस्कन्छु सिग्रेट पिउँछु एउटा कालो रात सधै झै बाल्कोनीमै टाँसिएर बसे झै लाग्छ यसरी बाल्कोनी मा निस्केको रात प्राय रोमीयो/जुलेट लाई संझने गर्छु निकै बेर उभीएर सिग्रेट पिउँछु चुरोटको ठुस्स् धुँवालाई मनन गर्छु एउटा दरीलो आत्मबिश्वास सहीत आत्महत्या गर्न पुन कोठा भित्र छिर्छु तर कोठा अन्घकार  अकस्मात बिजुली फेरी गएछ   हो सबै कुरा प्राय अकस्मात नै हुन्छन् मेरो मित्रले पनी अकस्मात आत्महत्या गरेको हो अकस्मात संग अभ्यस्त भईसकेको छु बिजुली छैन कम्युटर बन्द भएको Google is dead हाँसो लाग्छ   मेरो कोठामा प्राय यसैगरी बिजुली गईरहन्छ उज्यालोमा आत्महत्या गर्न रहर आफु छटपटाउँदै गरेको देख्न सकुँ एच चोटी फेरी जिबन र्फकीएको आजलाई आत्महत्याको योजना टरेको टर्छ/र्टदैछ मैले खोलेको the best way of commit suicide भर्खर  बन्द भएको भाग्यलाई संझन्छु हत्केला पल्छाउँछु दुखी हुन्छु आत्महत्यमको योजना लाई पन्छाएर खाटमा पल्टन्छु discovery channel  मा documentary हरु  हेर्छु र्दुघटना बाट उद्धार गरीएको मानिसहरुको अनुहारमा सबोधगम्यता देख्छु तर मृत्युलाई अंगाल्न खाज्दै छु किन? तपाई मलाई मुर्ख भन्न सक्नुहुन्छ  तर मृत्यु देखी नै डराउँदै नआत्तीनुस् आत्महत्या गर्नेछु pointless अनी silly कुराहरुले दिमाग भरीएको हुन्छ हरहमेशा कथाहरु लेख्न छोडुँ की लाग्छ मन अन्तै मोडीएको एउटा बिश्वास/एउटा चहाना/एउटा मृत्यु तिरहो, मृत्युको चक्कर तिर मृत्यु पछी महान बनेका phenomenal writer हरुलाई संझन्छु john Kennedy Tolle, Franz Kafka, Henry Darger, Sylvia Plath सबै मृत्यु पछी महान बनेका हुन् यिनीहरुलाई आर्दश मान्छु आत्महत्या गर्न खोज्छु महान हुने चहाना बनाउँछु बास्तबमै जिबन बजारमा गोलभेँडा वा बन्दाकोबी को भाउ जस्तो सस्तीएको लापरबाही पाराको ग्राहाकको खोजीमा छु जसले मलाई सस्तो भाउमा उठाओस् तपाई बुझ्नु हुन्छ? सस्तो भाउ या आत्महत्यालाई यस्ता बिचाहरुलाई साँच्चीकै लापरबाही पाराको स्खलन/ejaculation भन्न रुचाउँछु मृत्युलाई sophisticate गर्न सकीदैन, मैले अघीनै भनीसके त्यसैले मृत्युलाई नै पर्खदै छु आत्महत्याको शिथिल प्रयास जारी राख्दैछु मेरो लेखहरुको आलोचना होस् भन्ने चाहान्छु आलोचना आलोचकलाई अनादर गर्न सक्दीन कनकी यिनले मेरो लेखलाई माहान बनाउने छन् फेरी बत्ती आउँछ सिग्रेट जलाउँछु कम्युटर खोल्छु Googleफेरी खोज्न थाल्छु The best way of compel suicide.....उफ
मित्रको लाश लाई हेर्छु जलाउने तयारी गरीदै सुन्यता हेर , Hunter S. Thompson को लाश जलाउने तयारी हुदैछ महान लेखकको अन्येष्टी गरीदैछ उसको चितामा आगो लगाईदै यो सन् २००५ को सेप्टेम्बर महीना हो उसको भनाईलाई संझीने कोसीस गर्छु the sex without love is as hallow and ridiculous as love without sex   ..... मलाई उसको लेखकीएता ले नराम्रो संग प्रभाब पारेको जसरी तपाई फेसबुक वा Elvis Presley भनी मरीहत्ते गर्नुहुन्छ उसले हिजो मात्र आत्महत्या गरेको हो तपाईले गोलीको आवाज सुन्नुभएको थियो होला मलाई केही समय पछी थाहा दिईयो अनीताले आएर भनेकी थिई अब बिधवा भई सकी अलीकती पनी दुखी भईन Hunter S. लाई गुमाँउदा किनकी उसले आत्महत्या गरेको मेरो पनी यस्तै चाहाना होईन , सुन्यता ? उसको लाश बिस्तारै बल्दै उसले आत्महत्या गरेको ब्यग्तिगत शरिर लाई हेरेर उसको कृती मा घोत्लीन थाले मलाई थाहा Hunter S. को लाश जल्दैछ यद्यपी मेरो मित्रलाई या आफन्तलाई यो थाहा नहुन सक्छ की पनी आत्महत्याको प्रयासमा छु you are only being selfish भन्ने कुराहरु दिमागले नदोहोराएका होईनन् आत्महत्या गर्नु आफु स्वार्थी हुनु हो तर पनी anonymously कुनै social network भित्र छिर्छु virtual आत्महत्या का कुराहरु गर्छू प्रशस्त सुझाबहरु पाँउछु sleeping tablet, wrist cutting, vehicular impact, immolation, suffocation,  नशामा रित्तो सीरन्ज....या बन्दुकले आफुलाई प्वाल पार Hunter ले जस्तो संसारको नाम चलेको Death magazine पढ्छु shareascare जस्ता suicide magazine भित्र छिरेर आत्महत्या प्रयासलाई शब्दमा ब्यत्त गर्छु मन मष्तिष्कमा डरलाई हटाएर आत्महत्याको शीशुलाई उजागर गर्छु आत्महत्याको नौलो प्रयास गर्न चाहान्छु मेरो लागी जिबन समात्त गर्ने क्षण नजिकीएको भान हुन्छ सुन्यताले मेरो जवाफ कहीले र्फकाएन झनै यस्तो बेला र्फकाउन चाहाँदैन सायद लामै बहस गर्न थाल्नेछु भनेर होला प्राय suicide notes पढ्दा सुन्यता संग बादबिबाद चल्ने गर्छ तपाई हरु मेरो कथा पढ्नु हुन्छ? हो यो सुन्यता संगको बादबिबादको उपज हो

थ्याच्च गएर खुड्कीलामा बस्छु मेरो अगाडी Hunter को लास बलिरहेकै उसको शरीर ले निकाल्दै गरेको कालो मुस्लो धुँवालाई एकहोरो हेरीरहेको छु वरीपरी अन्य लाश पनी जल्दै छन् तपाई नाक थुन्न सक्नुहुन्न यो ब्यबस्था बिरोधी काम हुनेछ मलाई आजकाल पोलीएको लाशहरुबाट उड्ने धुँवाको गन्ध पनी मिठो लाग्न थालेको बिश्व युद्ध ताकाको चलचीत्रहरुमा देखाईने सिपाहीहरु जस्तो संझन्छु जसमा शाशले लाशलाई चबाईरहेका हुन्छन् । Metamorphosis को पात्र जस्तो आफुलाई भयभित पाउँछु Gergor Samsa जस्तो निरीह पाँउछु आत्महत्या गर्नु पर्ने निर्णयमा पुग्छु अनायसै death rope मा चड्ने ईच्छा पलाउँछ  हो बिनाकारण/without any reason,  हाँसो लाग्यो? तपाईको हाँस्न पाउँनु स्वतन्त्रता हो मेरो सार्बभौम मनले तपाईको ईच्छा माथी अधीकर जमाउने ईच्छा पनी राख्दैन तपाई स्वतन्त्र हुनुहुन्छ जत्तिकै चाहे आत्महत्या गर्नुस्

Hunter S. Thompson को लाश जल्दै समबेदनाका लागी उभीएका Ralph Steadman, Johnny Depp, John Oates, Lyle Lovett सबै को मुख नियाउरो तर चकमन्न मुद्रामा उसको बल्दै गरेको लाश हेर्दै हुन्छु कीनकी उसले आत्महत्या गरीसकेको Hunter को भनाईहरु संझन्छु music has always been matter of energy to me.... सधै यसै भन्ने र्गथ्यो तर john oates को हातमा गितार थिएन शोकमुद्रामा मुर्दा घरको बाँया तिर उभीरहेको थियो मलाई रिष उठ्यो उसको हातमा गितार हुनु पर्ने थियो निरास देखिदै छ, Hunter को बली रहेको चिता हेदैछ तपाईहरुले johnny depp लाई चिन्नु भयो उसलाई हामीले pirates of Caribbean  ..मा देखेको हौं उसको अभीनयले मलाई मन्त्र मुग्ध बनाएको थियो पनी आफ्नो मित्रको आत्महत्या देखी दुखी मुर्दा घरको ठिक सामुन्ने बसेर जल्दै गरेको लाशलाई हेर्दै मलै उसको मुखमा हेरे र्बबराउँदै तपाईहरुले बुझ्नु भयो उसले के भन्दै खुदा क्या मौत दिया तुने, मुझे भी ले चल वहाँ’ कुनै हिन्दी गाना होला तर मैले कतै सुनेको जस्तो लाग्दैन हामीले अघी देखेका बालबालीकाहरु अहीले बागमती भित्र खोलामा छिरेको देख्न सकीन्छ उनिहरु पनी हामीलाई नै हेर्दै छन् क्रमश उसको लाशले धर्ती छोडेको अनुभब हुदै उसको दनकीदै गरेको लाशलाई नियाल्छु मनमा चाहाना झन दरीलो भएर आँउछ आत्महत्या गर्नु पर्ने निस्कर्षमा फेरी पुग्छु संग बस्ने यो मान्छे लाई चिन्नु भयो ? Lyle Lovett हो संतीतकार पनी समबेदनाको लागी घाटमा उपस्थीत भएको मैले उसलाई सुने पनी आफ्नो गाना गाँउदै थियो एकदम मसिनो स्वरमा तपाईले सुन्नुभयो ? त्यो यस्तो थियो
old friend 
all the stories to tell
old friend 
could you bid me farewell  
old friend it might be easy
यस्तै यस्तै .. पनी संग संगै गाउन थाले उसले मलाई हेर्यो त्यो verse पुरा गर्यो हामीले फेरी त्यो गित दोहोराएर गायौ यस बेला Johnny Depp, John Oates ले पनी साथ दिए तर बुढो Ralph अझै Hunter को बल्दै गरेको चिता लाई हेर्दै थियो

र्हेनुस् Hunter को चितामा कसैले अगुल्टो चलाउँदै त्यो मानीस के गर्दै ? ‘कस्तो मान्छे रै’छ, Bloody damn'Johnny Depp करायो हामी सबै चिता तिर दैडियौं त्यो Jules Verne पो रै’छ त्यो यहाँ पनी गाँजा सल्काउन आईपुगेछ हामीलाई रिस उठ्दै थियो त्यो गाँजा सल्काउँदै Hunter को चितामा हामी सबै करायौं गाँजा किन त्यस्को चितामा सल्काउनु परेको होला भनेर उसले हामीलाई हेर्यो संगै सिग्रेट खान भन्यो उसले 510 classical electronic cigrate सल्कायो जुन सन् २०११ मा आउने हल्ला थियो हामीले Hunter को चितामा चुरोट सल्कायौं चिता संग बसेर भबिष्यमा आउने भन्दै गरेको चुरोट पियौं त्यहाँ हामी सबै मिलेर एउटा elegy गायौं Hunter को आत्महत्या गरेको आत्मको चिर शान्तीको कामना गर्यौं पानी पर्न थालेको हुनाले अब हामीले त्यो धुवाईरहेको लाशलाई मुर्दा घर भित्र बाट हेर्ने भयौ हामी अहीले मुर्दा घर भित्र छौ Johnny deep ले pirates of Caribbean ..को आउने sequel को बारेमा कुरा सुनायो मैले आत्महत्या गर्दै छु भन्ने कुरा सुनाए ‘wonderful decision’ भनेर सबैले मलाई तुरुन्त आत्महत्या गर्न सल्लाहा दिए मेरो पनी मृत्युमा जम्मा हुने अनी ह्विस्की, चुरोट वाईन खाने प्रस्ताब बनाए मैले सकेसम्म त्यो अबसर दिलाई हाल्छु भनेर सबैलाई सुनाईदिए  तपाईले Jules Verne लाई देख्नु भयो ? उ हामि संग अहिले फर्किदैन, उ पनि आफ्नो 'journey to the center of the earth' को लागि हिडीसक्यो हामी साझमा घर र्फकीन थाल्दा एउटा सेतो पेपर मेरो गोडा छेउमा आएर खस्यो मैले उठाएर पढें Type writer मा लेखीएको अक्षर थियो
‘Consoler’यो हन्टर थोम्मसन्ले लेखेको अन्तीम अक्षर होईन Johnny Depp ले भन्यो
'हो'उसले आत्महत्या गर्नु भन्दा अगाडी लेखेको अन्तीम अक्षर बुढो राल्फ ले थप्यो

सुन्यता,
यो चिठ्ठी लेख्दैछु झन्झट नमानी पाठकहरुलाई पढेर सुनाईदिनु
आत्महत्या गर्दैछु यसको मतलब यो होईन की मर्दैछु खाली मेरो अस्तीस्व गुमाउँदै छु जिबन देखीको मोह मात्र टुटाउँदै छु life has no rational meaning and order...त्यसैले आफुलाई Hunter ले जस्तो गोली हान्नेछु सुन्यता’ तिमी नडराउनु मरे पनी तिम्रो अस्तीस्व यो दुनीयामा रहने yes, you will be a free sprite.... जिबनको अर्थ pervasive मैले जिबनलाई दुखको रुपमा लिए जिबन जिउन लाएक नभएरै हो यो confession मा पुगेको तपाई ले पनी आत्महत्याको निर्णय गर्न सक्नुहुन्छ तर क्षमा चाहान्छु, मलाई लेखक भनी सम्बोधन नगरीयोस् कुनै पत्रीकाको कोलममा रहस्यबादी अन्दाजमा संदेहबाद, नाहीलिजम, उत्तरआधुनीकता को बहस गर्दै मा लेखक कतै हुन्न लेख, कथा, समालोचना editor को सोझा मनले छापीदनिु writer हुनु कदापी होईन कृयपा मलाई चर्को स्वरमा नकराउनुस् लेखक होईन धन्यबाद तपाईले मलाई बुझ्नु भयो होला भन्ने आशा राख्छु मलाई थाहा , तपाइको/मेरो यात्रा निरर्थक तपाई यात्रा गर्नु हुन्छ तर प्राय गन्तब्य अनिश्चीत त्यसैले मध्यम स्तरको मृत्यु खोज्दैछु आत्महत्या गर्न रुचाउँछु मलाई थाहा मेरो रुची संग तपाईको रुची नमील्न सक्छ झारातिरा’ लेखक हुँ, भनीसके अनी भुल्लकड छु त्यो पनी बुझ्नु भयो होला रुची या घृणा ब्यक्त्त गर्न खासै रुचाउँदीन पख्नुस्, आफ्नो रुचीहरु सुनाउँन नहतारिनुस् मलाई बिलकुल फुर्सद छैन मैले भनीसके तपाईहरुलाई चिठ्ठी मात्र लेख्दैछु सुन्यताले’ आत्महत्या पछी यो suicide note सुनाउने मानीसलाई बुझाउन सक्छु तर बुझ्दीन हो चहानाको र्सबब्यापकता लाई बुझ्न सक्दीन I don’t understand the cycle of human life and want..... आशा राख्छु पाठकहरु मेरो burial मा  आउनेछन् Johnny Depp/Ralph/john oates संग मेरो चिता छेउमा बसेर वाईन सिग्रेट पिउने छन्

अब ......
पाठकहरु आउनुस् यो सन् २०१७ को बसन्त ऋतु हो मेरो कोठामा सबै भेला भएका छन् मैले भर्खरै हिजो राती आत्महत्या गरेको छु मेरो आलो लाशको वरीपरी बसेर मेरा आफन्त बेकार को/उदेक लाग्दो आशुँ चुहाँउदै छन् तपाईहरु यसो नर्गनु होला ! लाग्छ गहीरो psychological comfort मा.... पुगेको छु मेरो खुट्टा छेउमा बसेर Johnny Depp मलाई हेर्दै मेरो दाँया बाँया त्यही बुढो Ralph John Oates उभिएका छन्  उनीहरुको हातमा वाईनको गिलाश भने देखीएन आज Jhon Oates को हातमा गितार त्यहाँ उनीहरु सबैले Hunter को लागी गाएको समबेदना गीत फेरी गाए
Old friend
All the stories to tell……….

 दृश्य धमीलो हुँदै

अझै पनी पाठकहरुले मलाई बधशाला या घाट तिर उभीएर आत्महत्या गरेको लाशहरु जल्दै गर्दा हेरको भेटाउन सक्छन । सुन्यतालाईgo for a stroll’.... भनेर कहीले काँही अझै पनी यस्ता ठाँउहरुमा लेराँउछु पाठकहरुले कानेखुसी गरेको सुन्छु यो लेखकले आत्महत्या गरेको होईन’? तर यसलाई अझै पनी आत्महत्या मान्न तयार छैन यो philosophical suicide हो



  










BUY SHAVING PRODUCTSDating Sitesonline casino mastercardWEB POLL