१.
जब जराथुस्त्र तिस बर्षको थियो उसले आफ्नो घर, तलाउ सब छोडि हिमालय तिर गयो । १० बर्ष सम्म अथक, आत्मा र एकान्त मा रमायो । अन्तत: एकदिन, उसको हृदय बदलियो- चित्ताकर्षक अरुणोदयमा ब्युँझदै उ सुर्यको सम्मुख उभियो र यस प्रकार बोल्यो:
हे महान नक्षत्र ! तिम्रो खुसि के हुन्थ्यो यदि यहाँ तिमिले रोसन गर्ने कोहि हुँदैन थियो भने ? यि दश बर्ष तिमि मेरो गुफाको ढोका मा हरेक दिन चिआउन आयौ: यो मेरो सापँ र गिद्दको लागि थिएन भने के तिमि आफ्नै रोसनि र यात्रा बाट थाक्ने थिएनौ? तर हामिले तिमिलाई प्रत्येक बिहान पर्खियौं, तिमि बाट आप्लवित भयौं र त्यसको लागि तिमिलाई आसिर्वाद दियौं ।
देख्यौ ! म आफ्नो प्रज्ञता देखि थाकेको छु, जसरि माहुरि असाध्यै मह जम्मा गरे पछि थाक्छ, मलाई हातहरु फैलाउनु छ यो बटुल्नलाई ।
म प्रसन्नतापुर्वक यो प्रज्ञता प्रदान गर्ने छु जब सम्म आफ्नो मुर्खतामा बिद्वानहरु अझै रमाउँदैनन् र गरिवहरु आफ्नै श्रि मा खुसि हुँदैनन् ।
यसर्थ, हे बिपुल नक्षत्र ! तिमि साँझमा कसरि अधन्कार मा डुब्छौ र अधोलोक लाई समेत उज्यालो गर्छौ त्यसैगरि म अतलमा समाहित हुन चहान्छु, जसरि मानिसहरु भन्छन्, तिमि झैं म पनि अवतरित हुनु छ ।
ईर्श्या बिना त आन्नद लाई देख्न पनि सकिन्न, ठिक छ, मलाई आसिर्वाद देउ, हे प्रशान्त दृष्टि।
परमान्दको परावर्तन बोकि हिड्ने, आसिर्बाद देउ यस बहावको प्यालालाई जसबाट सुनौलो भई पानि निस्कने छ ।
हेर! यो प्याला आफै रित्तिदैे छ, जराथस्त्र फेरि मान्छे हुँदैछ ।
    यसरि जराथुस्त्र हिमालय बाट उत्रन सुरु गर्यो ।

२.

    उ पर्वतबाट एक्लै तल झर्यो, मार्गमा उसले कोहि भेटेन, तर जब उ जंगल भित्र पुग्यो, उसले एक बृद्द लाई अचानक आफ्नो सामु देख्यो । कन्दमुल खोजि हिड्न उसले आफ्नो पवित्र निवास छोडिदिएको थियो- यस प्रकार त्यस बृद्दले जराथुस्त्रलाई सम्बोधन गर्यो:
यस फिरन्ते लाई देखेर मलाई कुनै आश्चर्य लागेन, धेरै बर्ष पहिले यहि बाटे हुँदै गएको थियो, त्यसलाई जराथुस्त्र भन्थे तर उ बदलिएको छ ।
त्यति बेला तिमि खरानि बोकि त्यो पर्वत चढेको थियौ: के तिमि अहिले, यस उपत्यकामा आगो बोकि फर्किएनौ? के तिमि अग्निदको अन्त देखि डराउँदैनौ?
आहा! म यो जराथुस्त्र लाई चिन्छु, तिखो नजर अनि अलिकति पनि ओठमा घृणा झरेको छैन ‍, के उ एक ताण्डबको तरह देखिदैन ?
जराथुस्त्र बदलियो; जराथुस्त्र त एक बालख भएको छ; जाग्रत जराथुस्त्र, तिमि यस शुसुप्त  भुमिमा के गर्छौ?
जस्तो समुन्द्रको झैं एकान्तमा तिमि बस्थौ, यस्ले तिमिलाई जन्म दियो । हाय! के तिमि अब किनार तिर जान्छौ? हाय! के तिमि फेरि आफ्नो शरिर लाई त्यतातिर घिसार्छौ?
    जारथुस्त्र ले जवाफ दियो: 'मलाई मानवता संग प्रेम छ'
    साधुले सोध्यो, 'म अरण्य वा मरुभुमिमा  मा किन गए?' कारण मैले मानवलाइ राम्ररी प्रेम गरिन?
अहिले म ईश्वरलाई प्रेम गर्छू: मानवलाई होईन, मानिस मेरो लागि अधुरो चिज हो, मानिसलाई प्रेम गर्नु मेरो लागि घातक हुन्छ ।
जराथुस्त्रले जवाफ दियो: म प्रेम को बारेमा के जान्दछु! म मानवको लागि एक उपहार बोकि आएको छु ।
तिनिहरुलाई केहि दिनु पर्दैन, साधुले भन्यो, सक्छौ भने तिनिहरुको भारक तिमि उठाउ र तिनिहरु संग संगै हिड्- यो तिनिहरुको लागि सबैभन्दा भलाई योग्य हुनेछ: र यदि यस्तै भलाई तिमि आफुमा चहान्छौ भने ।
यदि तिमि केहि दिनै चहान्छौ भने पनि तिनिहरुलाई बरु माग्न लगाउ र भिक्षा भन्दा बढि केहि नदेउ ।
    'होईन म भिक्षा दिन सक्दिन । त्यसको लागि म त्यति गरिब छैन ।' जराथुस्त्रले भन्यो ।
साधुले जराथुस्त्रको कुरा सुनि हास्यो, र यस प्रकार बोल्यो: 'लौ उसो भए हेरु तिनिहरुले तिम्रो निधिलाई स्विकार्छन कि स्विकार्दैनन् ! सन्यासि प्रति तिनिहरुको धारणा शङ्कित छ र तिनिहरुलाई हामि उपहारहरु बोकि आउछौं भनि बिश्वास पनि लाग्दैन ।'
हाम्रो पैतालाको आवाज पनि तिनिहरुको गल्लिमा निरर्थक सुनिन्छ । र रातमा, जब तिनिहरु ओछ्यानमा हुन्छन् तब झिसमिसे हुनु भन्दा निकै पहिले उनिहरुको घर-गल्लि छेउ हिडेको आवाज बारे शंकित हुँदै आफैलाई सोध्छन् - यि चोरहरु कता जाँदै होलान् ?
मानिसहरु तिर नलाग, अरण्यमै बस् । बरु जनावर भए तिर जानु ! किन म जस्तो हुँदैनौ- चरा चराहरु संगै, भालु भालु संगै ।
'अनि अरण्यमा सन्यासिले के गर्छन् त?' जराथुस्त्र जान्न चहान्छ ।
साधुले भन्यो: म श्लोकहरु बनाउँछु र गाउँछु; ति श्लोक बनाउँदा म हास्छु, रुन्छु, फतफताउँछु; यसरि म ईश्वरको प्रार्थना गर्छु ।
जुन मेरो ईश्वर छ, त्यसको लागि म यसरि गाउँदै, हास्दै, रुँदै, फतफताउँदै स्तुति गर्छु, तर तिमिले हाम्रो लागि के त्यस्तो उपहार बोकि आयौ त?
जराथुस्त्रले जब साधुको यि वचन सुन्यो, उसले साधुको सामु नमन गर्दै भन्यो; मैले तिमिलाई के दिनु पर्छ ! बरु यसो भनु तिमि बाट मैले कमसेकम केहि लिन्छु । यति भनेर जराथुस्त्र र साधु, पाठशालाका केटाके‍टिझैं हाँस्दै एक अर्का बाट छुट्टिए ।
जब जराथुस्त्र एक्लो भयो, तब उसले आफ्नो हृदयलाई भन्यो - के यस्तो सम्भब हुन्छ र जंगलमा यस साधुले ईश्वरको मृत्युको बारेमा नसुनेको होस्- ईश्वरको मृत्यु भईसक्यो ।


अरण्य को संगै अवस्थित ग्राम मा जब जराथुस्त्र आई पुग्यो उसले असंख्य मानिसहरु लाई बजार क्षेत्र मा रल्लिएको पायो; किनकि त्यहाँ डोरि मा झुण्डिने खेल देखाईन उद्घोस भएको थियो । र जराथुस्त्रले ति मानिसहरुलाई यस प्रकारले सम्बोधन गर्यो:
म तिमिहरुलाई सुपरम्यान (यसलाई महामानव को रुपमा उल्था गर्न सकिन्न, यहाँ Übermensch को उल्था Superman पनि असम्भब छ) को बारेमा शिक्षा दिन्छु । मनुष्य यस्तो चिज हो जसलाई पार गर्नु छ । तिमिहरुले यस 'मनुष्यत्व' लाई पार गर्न के गर्यौ? आज सम्म हरेक प्राणिहरुले आफुलाई पार गरी केहि बनेका छन् । र तिमि त्यस बिशाल ज्वारको प्रभाव हुन चहान्छौ, या मनुष्यत्व लाई पनि पार नगरी चौपाया-जुनिमा फर्किन चहान्छौ  ?
मनुष्यको लागि वानर के हो? सुपरम्यान को लागि मनुष्य ठिक त्यस्तै एक हाँसो र लज्जाका पात्र हुन् । तिमिले आफुलाई एक जमिन को करा बाट मनुष्य बनायौ तर तिमि भित्र अझैं त्यहि किराको सार बाँकि छ ।
तिमि कुनै समय वानर थियौ, र अझै मनुष्य, सवै वानरहरु भन्दा माथिको वानर हो ।
यहाँ सम्म कि तिमिहरु बिचको बुद्दिमानि मनुष्य पनि वनस्पति वा प्रेत को असामंजस्य बर्णसंकर हो । तर के मैले तिमिहरुलाई वनस्पति वा प्रेत बन्न भने र ?
हेर! म तिमिलाई सुपरम्यान बन्न सिकाउँछु ।
सुपरम्यान भनेकै पृथ्विको अर्थ हो, तिम्रो 'ईच्छा' लाई भन्न लगाउ कि सुपरम्यान भनेकै पृथ्विको अर्थ हुनेछ ।
मेरो भाईहरु, पृथ्वि प्रति सधैं प्रकृतार्थ रहन म आग्रह गर्छु, र तिनिहरुलाई बिश्वास नगर्नु जसले अति सांसारिक हुने आशा दिलाउँछ ! तिनिहरु बिषाक्त्त हुन्, चाहे तिनिहरुलाई यो कुरा थाहा होस् या नहोस् ।
तिनिहरु जिवनका निंदक हुन्, स्वयं लाई बिषाक्त्त पार्नु र क्षति पुर्याउनु तिनिहरुको कर्म हो, जसबाट धरति आफैं थकित छ, तिनिहरु बाट टाढै बस् !
एक पटक को ईश्वरनिन्दा सबै भन्दा भयानक थियो; तर भगवान मर्यो र तिनिहरु संगै ईश्वरनिंदकहरु पनि मरे । पृथ्विलाई दोष दिनु अब भयानक पाप हो । contd.